भुमिकास्थानको खिल्जिमा १४ बर्षिया किशोरी झु'ण्डि'एको अवस्थामा मृ'त फेला

| २०७८ मंसिर २० गते १७: ०७ मा प्रकाशित

गुरुदेव खनाल,भूमिकास्थान। जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर -६ खिल्जी निवासी तिलक बहादुर नेपालीकी कान्छी छोरी झु'ण्डि'एको अवस्थामा मृ'त फेला परेकी छिन। 

मृ'त फेला पर्नेमा खिल्जिको डाँडगाउँ निवासी १४ बर्षिया किशोरी सजना नेपाली रहेकी छिन। मङ्सिर १८ गते साँझ खाना खाएर कोठामा सुत्न गएकी सजना नेपालीलाई बिहान ६:३० बजेको 'बोलाउँदा पनि नउठेपछि उनि सुतेको कोठामा हेर्न जाँदा ढोका भित्र बाट चुक्ली लगाएको र चुक्ली तोडेर कोठामा हेर्दा सजना नेपाली झुण्डीएको अवस्थामा मृ'त फेला परेको निजका आफन्तले अर्घाखाँचीबुलेटिन लाई जानकारी दिएका छन्। 

मृतक सजना नेपाली कक्षा ९ अध्यनरत रहेकि थिईन। सजनाका बाबु नेपाल पुलिसमा सई पोष्टमा कार्यरत रहेका छन् भने मृतक कि दिदि नेपाल आर्मीमा कार्यरत रहेको खबर प्राप्त भएको छ। 

सजना नेपालीले के कारणले यस कलिलो उमेरमा झु'न्डि'एर प्रा'ण त्या'ग गरिन भन्ने बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझीएको छ। मृतक नेपालीको शवलाइ पोस्टमार्टम पछि अन्तिम दाहसंस्कार गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्