ढिकुरा स्वास्थ्य चौकीको आयोजनामा श्री शारदा मा.वि.मा खोप कार्यक्रम सम्पन्न

| २०७८ पौष ८ गते ०१: ३८ मा प्रकाशित

पारस भट्टराई ढिकुरा। ढिकुरा स्वास्थ्य चौकी को आयोजना मा भुमिकास्थान नगरपालिका वडा नं ९ मा रहेको श्री शारदा माध्यमिक विद्यालय मा खोप कार्यक्रम सम्पन्न भएको छ। 

उक्त खोप कार्यक्रम मा स्वास्थ्य चौकी का कर्मचारी बिष्णु प्रसाद ज्ञवाली, अस्मिता गैरे र सिता पोडेल को सहभागिता थियो। १२ देखि १८ उमेर समूहका मानिसलाई लगाउन मिल्ने खालको उक्त खोप बाट शारदा माध्यमिक विद्यालय संगै नजिक का बिधालय लाभान्वित भएका छन्।

 उक्त कार्यक्रम बाट १५० जना  बिधार्थी ले खोप लगाएकाे बिष्णु प्रसाद ज्ञवाली ले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्