नेपाल निजामती कर्मचारी संगठन भुमिकास्थानकाे अध्यक्षमा : अशाेक खनाल

| २०७८ पौष १६ गते १९: ५२ मा प्रकाशित

गणेश खनाल,अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठन भूमिकास्थान नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएकाे ।
 
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँची  अध्यक्ष सिला पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी भूमिकास्थान नगरपालिका प्रमुख रेशम थापा, नेकपा एमाले अर्घाखाँची जिल्ला भूमिकास्थान नगर कमिटी अध्यक्ष मणि पौडेल लगाएतले मन्तव्य राख्दै भुमिकास्थानकाे विकासमा कर्मचारीकाे तर्फबाट भईरहेकाे कार्यकाे प्रशंसा गर्नुभएकाे थियाे । कार्यक्रममा  नगर कमिटी उप सचिव झुप्लाल खनाल, सिबिय उपाध्यक्ष हरि डुम्ब्रे, सिबिय सदस्य लालमणि खनाल, नेपाल निजामती कर्मचारी संगठन सन्धिखर्क नगरपालिका कमिटी अध्यक्ष प्रेम खनाल, डिप्लोमा इन इन्जिनियरिङ एसोसियसन पूर्व अध्यक्ष जितेन्द्र श्रेष्ठ लगायतकाे आतिथ्यता थियाे । 

सगठनका सदस्य सुवर्ण खनालकाे स्वागत र सचिव गणेश प्रसाद भण्डारी संचालनमा कार्यक्रम सम्पन्न भएकाे हाे ।भेलाले अशोक खनालको अध्यक्षतामा १९ सदस्य कमिटी गठन गरेको छ । जस्को उपाध्यक्षमा जितेन्द्र श्रेष्ठ, सचिवमा गौतम थापा , कोषाध्यक्षमा टामकला गैरे, सदस्यहरुमा तारापति भट्टराई, डेगेन्द्र विष्ट, चिरञ्जीवी भुसाल,राजन भुसाल, नवीन खड्का, शिला कुँवर, बिनिता गौतम,बाबुराम थापा मगर, अनिता जैसवाल कलवार, गणेश प्रसाद पोख्रेल, सीता पौडेल घिमिरे, संगीता केसी र सुष्मा गैरे रहनु भएको छ । सल्लाहकारमा तुल्सी राम पोख्रेल, सुनिल पोख्रेल,सुरेश गैरे र  शंकर अधिकारी रहनु भएकाे जनाइएकाे छ। 

प्रतिक्रिया दिनुहोस्