भगवती कृषि सहकारी संस्था ढाकावाङ्गको पाँचौ साधारण सभा तथा अधिवेशन सम्पन्न: अध्यक्षमा गणेश सुनार निर्वाचित

| २०७८ पौष १७ गते १८: २५ मा प्रकाशित

टेकराज भुसाल
पुस १७, अर्घाखाँची ।  जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्गमा अवस्थित भगवती कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ। 

साधारण सभा तथा अधिवेशनकाे भूमिकास्थान नगरपालिका २ नम्बर वडाका वडा अध्यक्ष बुद्धि बहादुर थापाले उद्घाटन गर्नुभएको थियो ।

साधारण सभा तथा अधिवेशनमा भुमिकास्थान नगरपालिकाका कार्यपालिका सदस्य केशरा परियार, नेकपा (माओवादी केन्द) भूमिकास्थान नगर कमिटी सदस्य जगत प्रसाद खनाल, राष्ट्रिय जनमाेर्चाका भुनपा-२ का सचिव नारायण प्रसाद खनाल, भगवती आधारभुत बिद्यालयका शिक्षक लाल अन्जान खड्का, प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीका अध्यक्ष जितेन्द्र खत्री, प्रेम पोख्रेल, काशिराम पाैडेल लगायतले सहकारीलाई शुभकामना दिनुभएको थियाे।

साधारण सभा तथा अधिवेशनले गणेश सुनार अध्यक्ष रहेको ११ सदस्यीय कार्य समिति चयन गरेको छ। जसको उपाध्यक्ष सरस्वता थापा, सचिव राम बहादुर खत्री, काेषाध्यक्ष कमला खनाल र सदस्यहरुमा क्रमशः देवि बहादुर बस्नेत, हुम बहादुर सुनार, गिता नेपाली, सिता खनाल, भुवन सिंह घम, शुशिला सुनार र विष्णुप्रसाद खनाल चयन हुनुभएको छ।

त्यस्तै साधारण सभा तथा अधिवेशनले चेतकान्त खनाल संयाेजक, जंग बहादुर थापा, मिना सुनार, कमला सुनार र काशिराम पाैडेल सदस्य रहेको सल्लाहकार समिति  इन्द्रमणि खनाल संयाेजक देवि बहादुर बस्नेत र कमला खनाल सदस्य रहेको ऋण उपसमिति तथा रामु खत्री संयाेजक हुम बहादुर सुनार र कमला सुनार सदस्य रहेको लेखा उपसमिति र केशरा परियार संयाेजक गिता नेपाली र गाेपाल सुनार सदस्य रहेको शिक्षा उपसमिति समेत चयन गरेको छ।

कार्यक्रम संस्थाका अध्यक्ष चेतकान्त खनालको अध्यक्षता सचिव गणेश सुनारको संचालन र उपाध्यक्ष कमला खनालको स्वागत मन्त्वयमा सम्पन्न भएको थियाे।

प्रतिक्रिया दिनुहोस्