खिल्जीमा सार्वजनिक अपराध मुद्वामा फरार रहेका २ जना युवती पक्राउ

| २०७८ पौष १८ गते २१: ०९ मा प्रकाशित

अर्घाखाँची। जिल्ला अर्घाखाँची जिल्लाको भुमिकस्थान नगरपालिका साविक खिल्जी गा.बि.स. वडा नं. ६ का "केही सार्वजनिक अपराध”  मुद्वामा फरार २ जना युवतीलाई प्रहरी ले पक्राउ गरेको छ। 

“केही सार्वजनिक अपराध”  मुद्धामा सम्मानित अर्घाखाँची जिल्ला अदालतको मिति २०७२ साल चैत्र ०१ गतेको फैसला अनुसार रु.४,८०० हजार जरिवाना भई फरार रहेका निजहरुलाई विशेष सूचनाको आधारमा निजकै घर ठेगानामा लुकिछिपी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो।  

निजहरुलाई प्रहरी ले नियन्त्रणमा लिई सम्मानित अर्घाखाँची जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अर्घाखाँची जिल्ला अदालतबाट फैसला भएको जरिवाना रकम असुल भएको खबर प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्