ढिकुरा साना किसान कृषि सहकारी संस्थाको छैठौँ बार्षिक साधारण सभा सम्पन्न

| २०७८ पौष २४ गते १६: ५७ मा प्रकाशित

पारस भट्टराई ,भुमिकास्थान। भुमिकास्थान नगरपालिका वडा नं ९ ढिकुरा मा रहेको ढिकुरा साना किसान कृषि सहकारी संस्था लिमिटेड ले आफ्नो छैठौं बर्ष पुरा गरी सातौं बर्ष मा प्रबेश गरेको छ।‌

 सोही अवसरमा श्री शारदा माध्यमिक विद्यालय को प्रांगण मा आफ्नो कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम को प्रमुख अतिथि ढिकुरा कै बडा अध्यक्ष श्री नारायण खनाल को आतिथ्य मा सम्पन्न भएको छ।

 उक्त कार्यक्रम को संचालक सोही सहकारी कि कर्मचारी रिता सुनार ले गरेकि थिइन। अन्य अतिथि को रुपमा सहकारी कि अध्यक्ष मिना भट्टराई, कर्मचारी मदन गैरे र  बिशिष्ट ब्यक्तिहरुको उपस्थित रहेको थियो। 

उक्त कार्यक्रम बाट आफ्नो बार्षिक प्रगति बिबरण मिना भट्टराई ले बताउनु भयो। आयव्यय को बिबरण मदन गैरे ले बताउनु भएको थियो। उक्त सहकारी ले पशु‌ बिमा कार्यक्रम समेत संचालन गरी पिडित लाई रकम समेत सोही कार्यक्रममा बाट बितरण गरिएको थियो।

 बिमा को काम र परिचय बारेमा सिटिजन लाईफ इन्स्योरेन्स अर्घाखाँची साखाका प्रमुख ले प्रष्ट पार्नुभयो । उक्त सहकारी ले पशु‌ पालन, कुखुरा पालन, बंगुर पालन,हास पालन र तरकारी खेती जस्ता कृषि कार्य हरु मा समेत कृषकलाई अनुदान दिने जस्ता कुरा को ब्यबस्था रहेको कार्यक्रम बाट जानकारी प्राप्त भयो। 

उक्त सहकारी मा करिब ६०० जना को सेयर र ९९ ओटा सेयर समुह गठन भएको अध्यक्ष भट्टराई ले बताउनु भयो। 

उक्त सहकारी ले भैसि प्रबंधन, सोही सहकारी का सदस्य हरुको कोरोना संक्रमण का कारण हुन गएको असामायिक निधन प्रति समबेदना प्रकट गर्दै केही आर्थिक सहायता समेत प्रदान गरेको छ। सोही सहकारी का सदस्य हरुलाई सुत्केरी भत्ता समेत बितरण गरेको छ।

उक्त सहकारी ले एक बर्ष मा १० पटक नियमित र ५ पटक आकस्मिक बैठक बसेको थियो। सोही अबधिमा सहकारी ले ४५ ओटा प्रस्ताव पारित गरेको छ।‌ उक्त सहकारी बाट दुई जना ले रोजगारी पाएका छन्। उक्त सहकारी मा ३ जना सल्लाहकार पनि रहेका छन्।

उक्त कार्यक्रम मा करिब ६०० जना सेयर सदस्य र २० जना अन्य अतिथि हरुको उपस्थित रहेको थियो। कार्यक्रम को समापन अध्यक्ष मिना भट्टराई ले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्