भूमिकास्थान नगर स्तरीय युवा क्लब संजाल गठन : अध्यक्षमा केशब बन्जाडे

| २०७८ पौष २७ गते १७: २४ मा प्रकाशित

गुरुदेव खनाल। मिती २०७८ पुस २५ गते भूमिकास्थान नगरपालिका कार्यालय मा भएको बैठकमा भूमिकास्थान नगरपालिका का १० वटै वडाहरूबाट निर्वाचित १ जना महिला र १ जना पुरूष गरि १० वटा वडाहरूबाट २० जना प्रतिनिधिहरूको उपस्थिति बाट ११ सदस्यीय समिति गठन भएको हो उक्त समिति गठनबाट अध्यक्षमा केशब बन्जाडे, उपाध्यक्षमा पंशसा खनाल,सचिवमा राजन ढेगा मगर,कोषाध्यक्षमा बसन्ता गैरे निर्वाचित हुनुभएको हो ।

त्यसैगरी सदस्यहरूमा रेमकला खत्री,मधु घर्ती,गौरव बिक,सुभाष श्रेष्ठ,जीवन बिक,अमृत पुलामी,एलिसा आले निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्