मेगा बैंक नेपाल लिमिटेड अर्घाखाँची शाखाले भुमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौरमा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात

| २०७८ माघ ३ गते २३: ५० मा प्रकाशित

अर्घाखाँची । मेगा बैंक नेपाल लिमिटेड अर्घाखाँची शाखाले भुमिकास्थान नगरपालिका  वडा नम्बर  १० धनचौरमा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ। 

बैंकको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्धेश्यले धनचौरमा शाखा रहित सेवाको विस्तार गरिएको मेगा बैंक अर्घाखाँची शाखा प्रबन्धक लक्ष्मण क्षेत्रीले बताए । उनले यस क्षेत्रका बासीन्दालाई बैंकिङ सेवा प्रवाह गर्न कुनै कदम बाँकी नराख्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन । 

मेगा बैंकको शाखा रहित सेवा आफ्नै वडाका वडाबासीले पाउँदा आफु निकै खुसी भएको  भुमिकास्थान नगरपालिका  वडा नम्बर  १० वडा अध्यक्ष खगिश्वर पन्थीले बताए ।  मेगा बैकंले शाखारहित बैंकिङ सेवा सुरू गरेकोमा भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राहुत क्षेत्रीले बैंकलाई धन्यवाद समेत दिएका थिए। 

शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रमका बीच भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले उद्धघाटन गरेका हुन् । सेवाको शुभारम्भ गर्दै नगर प्रमुख थापाले भुमिकास्थान नगरपालिकाको धनचौरमा मेगा बैंकले शाखा रहित बैंकिङ सुबिधा ल्याउदा यहाँका जनतालाई  बैंकिङ सेवा सहज हुने बताए ।  वडाबासीको सेवाको निम्ति मेगा बैंक घर आगन मै आएको भन्दैगनले सबैलाई मेगा बैंकको शाखा रहित सेवामा जोडिन आग्रह समेत गरे । थापाले फरक क्षेमता भएका ब्यक्तिलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता तथा अन्य सेवा  बितरण गर्न  सके अझ प्रभावकारी हुनेमा जाड दिए । ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने बैंक मेगा बैंक नेपाल लिमिटेड अर्घाखाँची शाखाका शाखा प्रबन्धक लक्ष्मण क्षेत्रीले जानकारी दिए  ।

मेगा बैंक नेपाल लिमिटेड अर्घाखाँची शाखाका शाखा प्रबन्धक लक्ष्मण क्षेत्रीको अध्यक्षता, भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाको प्रमुख आतिथ्यता, भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राउतको बिशिस्ट आतिथ्यता र  मेगा बैंकका कर्मचारी श्रृजन भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष खगिश्वर पन्थी, वडा सदस्य जनक गैरे, टामलाल भट्टराई , गंगा रेस्मी,  भुमिकास्थान नगरपालिकाका योजना अधिकृत हरिषचन्द्र भुसाल,इन्जिनियर सरद पोख्रेल  बैंकका कर्मचारी नारायण आचार्य लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्