धारापानीमा माओवादी र जनमोर्चाका ५२ जना एमालेमा प्रवेश

| २०७८ माघ १५ गते १७: १५ मा प्रकाशित

अर्घाखाँची। भूमिकास्थान नगरपालिकाको धारापानीमा राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रबाट ५२ जना एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई एमाले केन्द्रीय सचिव टोपबहादुर रायामझी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का, जिल्ला अध्यक्ष पिताम्बर भुसाल, जिल्ला सचिव तोजबहादुर रायमाझी लगायतले पाटीमा प्रवेश गराए ।

जनमोर्चाका युवा नेता माधव बञ्जाडेको नेतृत्वमा राजमोर्चाका स्थानीय अगुवा नेता तथा कार्यकर्ता प्रवेश गरे । त्यस्तै माओवादी केन्द्रबाट गरी ५२ जना नेता तथ कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले जिल्ला नेता प्रेमनारायण गैरेले बताए । jananikhabar

प्रतिक्रिया दिनुहोस्