भूमिकास्थानमा नगरस्तरीय नमुना युवा संसद अभ्यास कार्यक्रम शुरु

| २०७८ माघ १८ गते २१: २६ मा प्रकाशित

टेकराज भुसाल,भूमिकास्थान अर्घाखाँची।
माघ १८ - भूमिकास्थान नगरपालिकामा नगरस्तरीय नमुना युवा संसद अभ्यास कार्यक्रम मंगलबारदेखि शुरु भएको छ।

समृद्ध नेपाल निर्माणकाे लागि स्वस्थ, कर्मठ र उद्धमी युवा´´ भन्ने मूल नाराका साथ भूमिकास्थान नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र जिल्ला युवा समितिकाे सहजीकरणमा ४ दिने नगरपालिका स्तरीय नमुना युवा संसद अभ्यास कार्यक्रम शुरु भएको छ।

भूमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाको अध्यक्षता, नगर शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख टुकलाल सापकोटा संचालन र सुचना अधिकारी हरिश्चन्द्र भुसालकाे स्वागत मन्त्वयमा शुरु भएको कार्यक्रममा नगर उपप्रमुख खडानन्द बेल्वासे, प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत, जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेश कुमार रावत, जिल्ला युवा समिति अर्घाखाँचीका अध्यक्ष लिल बहादुर विक लगायतले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

शुक्रबारसम्म संचालन हुने कार्यक्रममा भूमिकास्थान नगरपालिकाका १० वटै वडाका युवा क्लबहरु बाट छनाेट भएर आएका २७ जना प्रतिनिधिहरुले ३ दिन विभिन्न विषयमा प्रशिक्षण लिई चाैथाे दिन नमुना युवा नगर सभाको प्रक्रियागत प्रदर्शन गर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्