प्रदेश प्रहरी प्रमुख प्रकाश अधिकारीद्वारा धारापानी प्रहरी चौकी को उदघाट्न

| २०७८ फागुन ९ गते १८: ३२ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
फाल्गुन ९ - अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा न.४ धारापानीमा निर्माण सम्पन्न  प्रहरी चौकि एक कार्यक्रम बिच उदघाट्न सम्पन्न गरिएको छ। सोमबार लुम्बिनी प्रदेश का प्रहरी प्रमुख प्र.ना.म.नि प्रकाश अधिकारीले रिबन काटी बिधिबत उदघाटन गर्नु भएको हो ।

लुम्बिनी प्रदेश का प्रहरी प्रमुख प्र.ना.म.नि प्रकाश अधिकारीले रिबन काटी  प्रहरी चौकि उदघाटन 

 

उदघाटन कार्यक्रम मा प्रदेश ट्राफिक प्रमुख योगेन्द्र सिंह थापा भुमिकास्थान नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री जिल्ला स्थित सरकारी न्याधिबक्ता श्याम सुन्दर चौधरी ,शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन ,अनुसन्धान अधिकृत सन्तोष बस्नेत ,स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु वडा न.४ का वडा अध्यक्ष बाबुराम पन्थी सुनार,वडा न.३ का वडा अध्यक्ष बालकृष्ण बन्जाडे पत्रकार महासंघ का जिल्ला अध्यक्ष अशोक खनाल ,पत्रकार सागर महत लगायतको उपस्थित रहेको थियो। 

धारापानीमा निर्माण सम्पन्न  प्रहरी चौकि उदघाट्न


 
प्रदेश सरकारको कुल एक करोड चौरानब्बे लाख दश हजार तीन सय नब्बे मा सम्पन्न भबन को पुस्पाजेभी ले जिम्मा लिएको थियोे भबनको बारेमा इन्जिनियर प्राबिधिक निरीक्षक धुर्ब अधिकारीले भबन को बारेमा प्रतिबेदन प्रस्तुत गरेका थिए ।उदघाटन कार्यक्रम मा प्रहरी प्रदेश प्रमुख प्रकाश अधिकारी , भुमिकास्थान नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री ,वडा न.४ का वडा अध्यक्ष बाबुराम पन्थी सुनार ,माओबादी नगर कमिटी अध्यक्ष नरेन्द्र मान मुखियाले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए सोही कार्यक्रम मा निर्माण ब्याबसाही नारायण बन्जाडे लाई सम्मान गरिएको थियो ।
 
जिल्ला प्रहरी कार्यलय अर्घाखाँची का प्रमुख प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्रीको अध्यक्षता प्रहरी निरीक्षक गणेश खनाल को स्वागत मन्तब्य तथा प्रहरी निरीक्षक सुजन बिक्रम शाह को संचालन कार्यक्रम  सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्