बँदेलको आक्रमणमा परि भुमिकास्थान १ कि एक किशोरी घाइते

| २०७८ फागुन १० गते १७: ०० मा प्रकाशित

माधव खनाल ,अर्घाखाँची।
१० फागुन - अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न १ राजिमेकि १८ वर्षकि किशोरी रमेश नेपालीकि छोरी करिस्मा नेपाली बदेलको आक्रमणमा परि घाइते भएकी छिन आज बिहान स्थानीय धैरेनी बनमा साथिहरु सङ्ग दाउरा काट्न गएकी ती किशोरी माथी बिहान ७:३० बजे एक्कासि बदेलले आक्रमण गरि घाइते गराएको थियो घाइते किशोरीको मल्लरानी गाउँपालिका वार्ड न ३ मा चुजाठाटिमा प्राथमिक उपचार पछि थप उपचारको लागि बिजुवार रिफर गरिएको उनकी आमा उर्मिला नेपालीले बताइन् घाइते नेपालीको ढाड र साप्रोमा गम्भीर छोट लागेको छ ।

स्थानीय दिपक नेपालीका अनुसार बिगत केहिदिन देखि बनमा दाउरा खुलाइएको थियो त्यही दाउरा काट्न जादा यस्तो घट्ना घटेको बताए ।यस्तै भुमिकास्थान नगरपालिका वार्ड्न १ कि वार्ड सदस्य चमकला नेपालीले बदेल नियन्त्रण गर्नको लागि आफुले ढाकावाङ्ग प्रहरी चौकिलाइ तत्काल निवेदन दिईने बताइन ।

बिगत केही वर्ष देखि अर्घाखाँचीमा बदेलको बिगबिगी बढेको र कहिले खेतबारीमा लगाएको अन्नबाली नस्ट कहिले मानिस माथिको आक्रमणले याहाका जनता पीडित छन ।

प्रतिक्रिया दिनुहोस्