भुमिकास्थानको ढावाचौरमा जिप दुर्घटना : चालक गम्भीर घाइते

| २०७८ फागुन २७ गते १६: ०० मा प्रकाशित

गुरुदेव खनाल। अर्घाखाँचीको भुमिकास्था नगरपालिका वडा नम्बर - २ ढावाचौराको  पिपलारुख भिरवारी नजिकै एका बिहानै लु १ ज ५६७१ नम्बरको सवारी जीप दुर्घटना भएको छ। 

उक्त जिप बिहान स्टाट गर्न साथ एक्कसी अगाडि बढी बाटो देखि झन्डै करिब २०० मिटर तल खसेको छ। यो घटना गाडी स्टाट गर्न साथ दुर्घटना भएको कारण जिपमा यात्रुहरु कोहि नरहेकोले जिप चालक मात्रै भएको हुँदा चालक गम्भीर घाइते भएका छन। 

 जिप दुर्घटना बिहानको समयमा ब्रेक हाड भएको कारणले भएको हुन् सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्