अखिल (क्रान्तिकारी) र अखिल (छैठौं) को संयुक्त आयोजनामा विश्व माबीमा राष्ट्रघाती एमसीसी बिरुद्ध बकतृत्वकला कार्यक्रम सम्पन्न

| २०७८ फागुन २७ गते २१: ११ मा प्रकाशित

गुरुदेव खनाल ,भुमिकास्थान। भुमिकास्थान १ ढाकाबाङको बिश्व  मा बि मा MCC बिरुद्धको बिसयमा अखिल  क्रान्तिकारी र अखिल छैठौंकाे आयोजना मा बिश्व माध्यमिक बिद्यालय मुल इकाइ समिती को संयुक्त आयोजनामा बकतृत्वकला प्रतियोगिता  सम्पन्न भएको हो।

उक्त कार्यक्रमलाई  अखिल क्रान्तिकारि का केन्द्रिय  सदस्य  नवीन खड्का र अखिल छैठौं का केन्द्रिय  सदस्य  तथा अर्घाखाँची  जिल्ला  अध्यक्ष जीवन नेपाली   ले सम्बोधन  गर्नु भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष  नेपालीले राष्ट्रघाती एम.सी.सी. सम्झौतालाई नेपाली जनताले कुनै हालतमा कार्यावन्यन हुन नदिने , एम.सी.सी. को विरुद्धमा विद्यार्थीहरूले निरन्तर सङ्घर्ष गर्ने , रास्ट्रको लागि ज्यानको बलिदान पनि तयार रहेको  र बिद्यार्थीको बोल्ने बानीको बिकासको लागि यस्ता प्रतियोगिताको आबश्यता रहेको बताउनु भयो ।

उक्त  प्रतियोगितामा मनिसा बेलबासे प्रथम ,उमेश भुसाल दोस्रो ,रितु खनाल तृतीय र सुबाश खनाल सान्त्वना  हुनुभयको थियो ।कार्यक्रमा अखिल( क्रान्तिकारी )जिल्ला  उपाध्यक्ष  पदम नेपाली ,जिल्ला कोषाध्यक्ष  सुनिल नेपाली ,अखिल (छैठौं )का नगरसदस्य  विशाल खनालको उपस्थिति  रहेको थियो ।

कार्यक्रम वर्षा रिजाल को अध्यक्षता र अखिल( छैठौ) बिश्व   माध्यमिक बिद्यालय मुल इकाइ समिती अध्यक्ष  प्रसम्सा खनालको सन्चालन मा  सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्