"पिपलनेटा बजार विकास संस्था" द्वारा खुल्ला भलिबल प्रतियोगिता

| २०७८ चैत २ गते २१: २३ मा प्रकाशित


हरि कुँवर, अर्घाखाँची ।"पिपलनेटा बजार विकास संस्था" भुमिकास्थान नगरपालिका १ र २ द्वारा दोस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

"स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने" मुल नारा सहित खुल्ला भलिबल प्रतियोगिता बिहीबार बिहान् ११ बजे देखी भुमिकास्थान नगरपालिका -१ पिपलनेटामा हुने भएको हो । 

 बुधबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी खुल्ला भलिबल प्रतियोगिता हुन लागेको संस्थाका सह सयोजक बिष्णु शर्माले जानकारी दिएका हुन ।

 पत्रकार सम्मेलनमा बोल्दै शर्माले देशको विकास र समृद्धिमा युवाको महत्त्वपूर्ण भुमिका रहेको बताएका हुन ।  खेलले अनुशासित जिम्मेवार समाजको निर्माण र जिल्ला लाई खेल क्षेत्रबाट विश्व सामु चिनाउने रहेको बताए। भुमिकास्थान नगर प्रमुख रेशम थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको भलिबल खेल जिल्ला भन्दा बाहिरको टिमसहित आठ वटा सम्पर्कमा आएको बताएका छन । प्रचारप्रसार निति बजेट कार्यक्रम नहुदाँ खेल क्षेत्रले सोचे जस्तो फड्को मार्न नसकेको बताउदै मन वचन र कर्मले सहयोग गर्न सम्पुर्ण लाई अनुरोध समेत गरेका थिए । 

टिम दर्ता २५, ०० रहेको प्रतियोगितामा आकर्षक नगद : 

प्रथम पुरस्कार रु. ५१,५०० मेडल ट्रफि र प्रमाणपत्र  
द्वितीय पुरस्कार रु. ३१,३०० मेडल ट्रफि र प्रमाणपत्र
तृतीय पुरस्कार रु. २१,१०० मेडल ट्रफि र प्रमाणपत्र
उत्कृष्ट खेलाडी पुरस्कार रु. ३५००
अनुशासन खेलाडीले नगद रु ३५०० पाउने छन ।

यस्तै चैत्र ३, ४ र ५ गते पिपलनेटा हुने भलिबल खेलमा जिल्लामै पहिलोपटक "पिपलनेटा बजार विकास संस्था" ले उत्कष्ट पत्रकार सम्मान पुरस्कार नगद रु. ३५ सय दिने घोषणा समेत गरेको हो ।  नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष अशोक खनाल लगाएत पत्रकारको उपस्थिति माधव खनालको संचालमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्