आकर्षक पर्यटकीय स्थल भुमिकास्थान नगरपालिकाद्वारा दु'र्लक्ष

| २०७८ चैत २९ गते १८: १३ मा प्रकाशित

गुरुदेव खनाल,सन्धिखर्क।  चुनाव आउछ,जान्छ केही दिन झुटा आश्वासन देखाएर जनतालाई भ्रममा पार्यो भाषणमा मख्ख पार्यो, अझ अलिअलि खर्च गरेर केही दिन भोज भतेर मीठो मसिनो खाना दियो, युबाहरुलाई २/४ दिन पर्व नै आए जस्तो गरि उनीहरुलाई झुटो भबिष्यको रित्तो बेलुन देखाएर क्षणिक मोह भङ्ग गरि आफ्नो राजनीतिको बजार राम्रै चल्ला र राजनीति भबिष्य पनि चमकिएला तर यो क्षणिक रङ्ग मंचको परिणाम समाज, देश र बिशेष त युबा वर्गहरु आज कुनै राजनितीक पार्टीको झण्डा र ज्यान नै बाजि राखेर चुनावमा मरिहत्ते गर्ने युवाको लागि बदलामा उपहार स्वरुप हरियो पासपोर्ट  मरुभूमिको गर्मीमा रगत र पसिना बगाउनको लागि आरक्षण स्वरुप आजै यसै चुनाव मार्फत पुर्व बुकिङ चलिरहेको छ।

 केही दिनको राजनीति तामझामबाट समाजको साचो यस्तै पात्रहरुको हातमा दिएर आफ्नो एयरपोर्टबाट हुने बिदाईको दिन सग सौदा गरि रहेका छ्न। त्यो मतदान साक्षी बन्दै छ यसरी बिदेश पलायनको ।

यस्तै हाम्रो भुमिकास्थान नगरपालिकामा अघिल्लो चुनावमा ठुला परिवर्तन गर्ने भुमिकास्थान लाई समृद्ध पार्ने शिक्षा, स्वास्थ,रोजगार र सुशासनमा कायापलट गर्ने भने पनि समस्या भने जिउका त्यही  छ। यो ५ बर्षको अवधीमा  अरवौको बजेट पनि सखाप भयो तर परिवर्तन,समाजिक बिकास भने केही पनि सुधार हुन सकेन बजेट अनुसारका बिकास खर्च केही पनि हुन सकेको छैन। बरु बजेट मात्र बालुवामा पानी खनाउने काम मात्र भयो अनि केही खल्ती तिर।

भुमिकास्थान नगरपालिका प्राकृतिक पर्यावरणले सम्पन्न नगरपालिका हो । यस नगरपालिकाभित्र अर्घाखाँचीको सर्बोच्च शिखर अर्घाखाँचीको सान मसिनाको लेक रहेको छ। यो पर्यटकीय हिसाबले पनि आकर्षणको केन्द्र हो, यहाँबाट देखिने दृश्यहरु निकै सुन्दर र मनमोहक छ्न केही आन्तरिक पर्यटन यहाँको दृश्य अबलोकन गर्न आए पनि पर्याप्त मोटर -बाटो पानीको उचित ब्यबस्थापन हुन नसक्दा यति प्रचुर सम्भावना बोकेको यस क्षेत्र र नगरपालिकाले उचित चासो र केही लगानी गर्न नसक्दा ओझेलमा परेको छ। यस नगरपालिकाभित्र सिद्द गुफा मन्दिर, भुमिकास्थान मन्दिर पर्यटकका लागि आकर्षणको केन्द्र भएपनि स्थानीयस्तर बाट चासो नदिदा प्रकृतिको यति सुन्दर अमुल्य उपहारलाई हामी सदुपयोग गर्न असमर्थ बनेको तितो यथार्थ हामी भुमिकास्थान नगरपालिकाका आम जनता सामु रहेको छ।

भुमिकास्थान नगरपालिकाले आफ्नो ५ बर्षे कार्यकाल, लगभग समापन गर्न लाग्दा यस नगरपालिकाभित्र एउटा् पनि पर्यटन स्थलको रूपमा सामन्य बिस्तार पनि गर्न नसक्नु यस नगरपालिकाको असक्षमताको चिनारी हो। न्युनतम पुर्बधार पनि निर्माण गर्न नसक्नु भुमिकास्थान नगरपालिकाको नितिगत चरम लापरबाही, जनता र  समाजप्रतिको जिम्मेवारी बहन नगरेको देखिन्छ।

यस्तै बिकासको नाममा अनेक प्रपन्चहरु गरे पनि यथार्थ मा शिक्षाको स्थिति त्यस्तै नाजुक छ,युबाहरुको पलायन अझ दिनप्रतिदिन तिब्र बढ्दै गएको छ । स्वास्थको अवस्था झन बिकराल छ। आज पनि पिउने पानीको लागि आमा, दिदी बहिनी र भाउजुको पुरै बिहान बेलुका बित्ने गर्छ । मात्र बजेट भने सकिएको छ। गत वर्षको लेखापरीक्षण प्रतिबेदन अनुसार भुमिकास्थान नगरपालिका को बेरुजु जिल्ला मै सबै भन्दा अधिक थियो । बिकास र समृद्ध भने त हात्ती आयो हात्ती आयो फुस्स भनेजस्तो अवस्था रहेको छ ।

फेरि पनि नगरपालिकामा चुनाब हुँदै छ जब सम्म माथी उल्लेखित समस्याको समाधान गर्न उचित पहल गर्ने उम्मेदवार हुदैन तब सम्म हामी नागरिक बहकाब, झुटा भाषण र केही लोभी स्वार्थमा नफसी सम्पूर्ण भुमिकास्थान नगरपालिकाको हितमा काम गर्ने उम्मेदवार लाई मात्र प्रोत्साहन गरौ।

प्रतिक्रिया दिनुहोस्