अर्घाखाँचीको सलिन्धारामा ५८ बर्षिय पुरुष द्वारा ५ बर्षीया ना - बालिका बलात्कृत

| २०७९ बैशाख २ गते १५: ३३ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क।अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ७ मा ५८ बर्षिय पुरुषद्वारा ५ बर्षिया ना- बालिका बलात्कृत भएकी छिन। 

भुमिकास्थानको सलिन्धाराका ५८ बर्षिय पुरुषले नयाँ बर्षको दिन घरमा कोहि सदस्यहरु नभएको मौका छोपी ना- बालिकालाई मेवा खान आउ भनेर बोलाएको र ना-बालिका उक्त पुरुषको घरमा गईसकेपछि कोठामा लगेर ना-बालिका माथि यौ'न दुर्व्यवहार (ब'ला'त्का'र )गरेको बालिकाका अभिभावकले बुलेटिनलाई बताएका छन्। 

बलात्कृत हुने ना - बालिकाले इलका प्रहरी कार्यालय खिल्जीमा दिएको रिपोर्ट अनुसार आरोपी पुरुषलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा ल्याई थप अनुसन्धानका लागि ५ दिनको म्याथ थपी हिरासतमा राखिएको प्रहरी नायव निरिक्षक अमर बहादुर थापाले अर्घाखाँचीबुलेटिनलाई जानकारी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्