ढाकावाङ्गमा अखिल नेपाल युवक संघ र अखिल (छैठौं)को संयुक्त भेला सम्पन्न

| २०७९ बैशाख ४ गते १९: १३ मा प्रकाशित

आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ मा अखिल नेपाल युवक संघ र अखिल (छैठौं) संयुक्त भेला सम्पन्न भएको छ।

आइतबार पिपलनेटामा सम्पन्न भेलालाई सम्बाेधन गर्दै अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष देवेन्द्र कुवर र अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य कृष्ण खनालले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमाेर्चाका उम्मेदवारहरुलाई गिलास चिन्हमा मतदान गरि अत्यधिक मत विजयी गराउन युवा बिद्यार्थीलाई अनुरोध गरेका थिए।

कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष जीवन नेपाली, अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश समिति सदस्य टेकराज भुसाल, भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ का वडाध्यक्ष भाेजराज खनाल, वार्ड नम्बर २ का वडाध्यक्ष बुद्धि बहादुर थापा लगायतको आतिथ्यता रहेको थियो।

भेलाले भुमिकास्थान १ मा मेघनाथ खनाल संयाेजक र रामु नेपाली सहसंयाेजक रहेकाे ९ सदस्यीय चुनाव परिचालन समिति तथा जीवन नेपाली संयाेजक रहेको १०१ सदस्यीय निर्वाचन प्रचारप्रसार समित गठन गरेको छ।

त्यस्तै भुमिकास्थान २ मा गणेश सुनार संयाेजक र दाेण बेल्वासे सहसंयाेजक रहेको ९ सदस्यीय निर्वाचन परिचालन समिति तथा टेकराज भुसाल संयाेजक रहेको १५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्