भुमिकास्थान नगरपालिकाको मेयरमा अर्जुन खनालको उम्मेदवारी

| २०७९ बैशाख ९ गते २२: ०० मा प्रकाशित

गुरुदेव खनाल। रा.प्र. पा., अर्घाखाँचीको उम्मेदवार चयन गर्ने क्रममा भुमिकास्थान नगरपालिका वडा न. ८ का अर्जुन खनालले मेयर मा उम्मेदवारी दिएका छन।

अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न. ८ का २४ वर्षीय युवा अर्जुन खनाल, सबैका लोकप्रिय युवा हुन । युवाले नयाँ सोच र जागर सङ्गै परिवर्तन गर्नु पर्छ भन्ने विचारधाराका साथ रा.प्र.पा., अ.खाँ. उम्मेदवार दिएका हुन ।
 
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि रा.प्र.पा.,हलो चिन्हबाट उम्मेदवार लिएका खनालले मेयरको उम्मेदवारी दिएका छन ।

उनले जिल्लाको भुमिकास्थान न.पा. मा हिजोबिहानसम्म भएको शुन्य प्रगति जस्ता   विषयलाई ओझेलमा पार्दै, अबका दिनमा धार्मिक कला- सांस्कृतिक रितिरिवाज , आर्थिक, सामाजिक सम्पूर्ण पक्षको विकास गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।\

* जनतालाई निष्पक्ष र छिटोछरितो सेवा,
* साना तथा घरेलु उद्योग स्थापना,
* शिक्षा निःशुल्क,
* खानेपानी निःशुल्क,
* स्वास्थ्य निशुल्क,
* नुन  निःशुल्क,
* अत्याधुनिक प्रयोगशाला तथा विशेष खेलमैदान swimingpool आधुनिक अनुसन्धान शाखा मातृभाषा अङ्ग्रेजी भाषा संस्कृत भाषा सहितको एकीकृत नमुना विद्यालय स्थापना,
* एक हजार बेरोजगारलाई रोजगारीको     ग्यारेन्टी, 
* किसानले उत्पादन गरेको तरकारीबाली फलफूल बाली, नगदे बाली आदिको उचित मूल्यमा किनिदिने ग्यारेन्टी ।
* कुनैपनि सरकारी सेवा र तलब, भत्ता  नलिने ।
* भुमिकास्थानभित्र रहेका मठ-मन्दिर, कला-संस्कृति, रितिरिवाज आदिको व्यवस्थित संरक्षण गर्ने प्रतिबद्धता ।

प्रतिक्रिया दिनुहोस्