भूमिकास्थान नगरपालीका वडा १ बाट गोपाल खनालको वडाध्यक्षमा उम्मेदवारी

| २०७९ बैशाख १० गते २०: ३० मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क।अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १, ढाकावाङबाट  युवा व्यवसायी समाजसेवी तथा आम यस क्षेत्रका बुढापाका देखि बच्चासम्म सबैका मनको ढुकढुकी गोपाल प्रसाद खनालले आउदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको रुख चिन्न लिएर वडा अध्यक्षको उम्मेदवारी दिएका छन ।

खनाल वडा अध्यक्ष भएमा विकासको ओईरो हुने कुरामा दुई मत छैन । उनले सामाजिक काम गर्दा कहिल्लै पनि पार्टीको नाम लिएनन हिजो कोभिडको महामारीको समयमा जिल्लावासी आमाबुवा,दाजुभाईहरु सिमानामा रोकिदा आफ्नै गोजीको रकम खर्च गरी सकुसल घरसम्म ल्याउने महान योगदान पुर्‍याएका छन  । खनालले ढाकावाङ वासीलाई आफ्नो अमुल्य मत रुखमा भोट राखी वडा अध्यक्ष पदमा अत्याधिक मतका साथ विजयी गराउनु भएमा भुमिकास्थान नगरपालिकाभित्र मात्र नभई जिल्लाका हरेक ठाउँमा विकासका लागि निरन्तर लागिपर्ने बताए ।

उनीले अर्घाखाँची जिल्लाभित्रका प्रत्येक मठ- मन्दिर, पाटी- पौवा, दीन दुखिलाई  सहयोग नगरेको ठाउँ नै छैन । त्रिवेणी ग्रील उद्योगको संचालक भनी चिनिने खनाल प्युठानको सिमाना देखि गुल्मीको सिमानासम्म धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्र सहयोग गरेको पाइन्छ । उनी नेपाल तरुण दल क्षेत्र  नम्बर १ का सदस्य हुन ।

प्रतिक्रिया दिनुहोस्