भुमिकास्थानको मेयरमा जनमाेर्चाका झविलाल थापाको मनाेनयन दर्ता

| २०७९ बैशाख १२ गते २०: ४६ मा प्रकाशित

टेकराज भुसाल,भुमिकास्थान। राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य झविलाल थापाले अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिकाकाे नगर प्रमुख (मेयर) पदमा उम्मेदवारी मनाेनयन दर्ता गरेका छन्।

पाँच दलीय गठबन्धनबाट उनले साेमवार आज भुमिकास्थान  नगरपालिकामा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर थापाले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् ।

भुमिकास्थानमा गठबन्धनको तर्फबाट प्रमुख राष्ट्रिय जनमाेर्चाले पाएको हो। उपमेयर नेकपा (माओवादी केन्द)ले पाएको हो। उपमेयरमा नेकपा (माओवादी केन्द)का बालकृष्ण बन्जाडेले पनि उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

जनमाेर्चाले भुमिकास्थान नगरपालिकामा प्रमुख सहित वडा नम्बर २,४ र ५ वडामा नेतृत्व गर्ने र वडा ६, ७, ८ र १० मा जनमोर्चाले सदस्यकाे उम्मेदवार दर्ता गरेको छ भने वडा नं १ र ३ मा मैत्रीपूर्ण प्रतिष्पर्धा हुने भएकोले पूरा प्यानलकाे उम्मेदवारी दर्ता गरेको छ।

प्रतिक्रिया दिनुहोस्