भुमिकास्थान १ मा नेपाली काङ्ग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार गोपाल खनाल बिजय

| २०७९ बैशाख ३१ गते १५: ५१ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँचीको भुमिकास्थान वडा नम्बर - १ मा माओबादी र कांग्रसको गठबन्धनका वडा अध्यक्ष उम्मेदवार गोपाल खनालले जित हाँसिल गरेका छन्। 

युवा नेता गोपाल खनालले आफ्ना प्रतिद्वन्दी एमालेका उम्मेदवारलाई १३१ मत को फराकिलो अन्तरमा बिजय हाँसिल गरेका हुन्। खनालले वडा अध्यक्ष पदमा जित हाँसिल गरे संगै उनका समर्थकहरुले विजय जुलुस निकाल्ने तयारि गरेको खबर प्राप्त भएको छ। 

प्राप्त खबर अनुसार केहि बेरमै विजय जुलुस वडा नम्बर - १ मा निकालिने भएको छ। 

प्रतिक्रिया दिनुहोस्