भुमिकास्थानमा २ मा नि: शुल्क स्वास्थ्य शिविर हुने

| २०७९ जेठ १९ गते १७: १३ मा प्रकाशित

गुरुदेव खनाल ,भुमिकास्थान। अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न. २ को भुमी मन्दिर परिसरमा स्वर्गीय पिता बालनन्द खनालको स्मृतिमा छोरा पाण्डव खनालको समजकत्व तथा भुमिकास्थान नगरपालिका वडा नम्बर २ र भुमी मन्दिर व्यवस्थापन समितिको सहजीकरणमा यहीँ जेठ २० गते देखि २२ गतेसम्म नि: शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ। 

भुमिकास्थान २ वासीलाई समयमै स्वास्थ्य चेकजाँच गराइ मौकाको फाइदा लिनुहुन व्यवस्थापन समुहले हार्दिक अनुरोधगरेको छ। 

शिविरमा सेवा दिने डाक्टर तथा स्वास्थ्यकर्मीहरु :

प्रोफेसर डाक्टर लक्ष्मण खनाल , विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ।
डाक्टर महेन्द्र रायमाझी, पि.डि.एस डेन्टल सर्जन ,
 डाक्टर गोपाल खनाल, एम.वि.वि.एस, मेडिकल अफिसर 
डाक्टर निसान भण्डारी, एम.वि.वि.एस, मेडिकल अफिसर  डाक्टर झपेन्द्र सापकोटा, एम.वि.वि.एस, मेडिकल अफिसर 
 गिता खनाल बेल्वासे एम. एस.सी. नर्सिङ, 
 शिला खनाल ढुंगाना,  एम. एस.सी. नर्सिङ, 
 नितेस कुवर, एस.आर. अक्टोमिटेस 
 दिपक गिरी, हेल्थ असिस्टेन्ट 
 हिमाल घर्ती मगर, हेल्थ असिस्टेन्ट
मिना बुढाथोकी,  हेल्थ असिस्टेन्ट

साथै शिविर उद्घाटनको दिन जेठ २० गते भुमी मन्दिर व्यवस्थापन समितिले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई  सम्मान कार्यक्रम समेत राखेको हुनाले सबैलाई उपस्थिति भइदिनुहुन आयोजक टिमले आह्वान गरेको छ।

कार्यक्रमहरु जेठ २० गते नगर प्रमुखद्वारा शिविरको उद्घाटनपछि भुमी मन्दिर व्यवस्थापन समितिले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई  सम्मान कार्यक्रम ।

जेठ २१ र २२ गते स्वास्थ्य चेकजाँच ।
स्थान: भुमी मन्दिर परिसर, भुमिकास्थान नगरपालिका २, ढाकावाङ । 

थप जानकारीको लागि सम्पर्क नम्बर : ९८५७०६३३२६ र ९८४७८२६९४०

प्रतिक्रिया दिनुहोस्