भूमिकास्थान नगरपालिका वडा नं ४ काे वडा कार्यालय भवन उद्घाटन

| २०७९ सावन १ गते १७: ५५ मा प्रकाशित

टेकराज भुसाल
साउन १ अर्घाखाँची । जिल्लाकाे भुमिकास्थान नगरपालिका वडा नं ४ काे नवनिर्मित वडा कार्यालय भवनकाे एक समाराेहका विच आइतबार उद्घाटन गरिएकाे छ।  

वडा कार्यालय भवनकाे उद्घाटन

भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले एक समाराेहका विच आज कार्यालयकाे उद्घाटन गर्नुभएकाे हाे ।
साे क्रममा नगर प्रमुख थापाले शिक्षा तथा स्वास्थ्यलाई गुणस्तर र परिणाममुखी एवं कृषि र पर्यटनलाई व्यवसायिकरण गरि उत्पादन तथा आर्थिक विकास गर्ने लक्ष्य राखेको बताए।

नगर प्रमुख झविलाल थापा

कार्यक्रममा नगर उपप्रमख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

बाबुराम पन्थी 

नगरपालिकाकाे  करिब साढे ४७ लाख काे लागतमा भवन निर्माण सम्पन्न भएकाे भवनकाे उद्घाटन कार्यक्रम वडा अध्यक्ष बाबुराम पन्थी सुनारकाे अध्यक्षता र शेषकान्त घिमिरे (ओशन)काे संचालनमा सम्पन्न भएकाे थियो ।

प्रतिक्रिया दिनुहोस्