भुमिकास्थानका गीठा देखि धपखोला सेउडीनी काउलेका ७० घरधुरी बिधुत आपूर्ति नहुँदा अझै सम्म अन्धकारमा

| २०७९ सावन ५ गते १४: १७ मा प्रकाशित

गुरुदेव खनाल ,भुमिकास्थान।अर्घाखाँची जिल्ला भुमिकास्थान वडा न.१ र २ का करिब ६०-७० घरधुरी अहिले पनि सहज बिधुत आपूर्ति नहुँदा अन्धकारमा बस्न बाध्य भएका छन ।

अर्घाखाँची जिल्ला भुमिकास्थान  नगरपालिका  वडा न.  १ र २, गीठा देखि धपखोला  सेउडीनी देखि काउलेको जुन खतरनाक जङ्गल भनेर चिनिने क्षेत्रका जनताहरु करिब २०७३-०७४ देखि अन्धकारमा बस्न बाध्य छ्न । त्यहाँ  2 phase line प्रसारण भएको र दैनिक लाइट सधैं डिम भएको कारण उहाँहरू अध्यारो बस्न परेको छ ।  बिधुत नामको लागि देखाउनको लागि मात्र राखियको छ।

२०७३/०७४ मा ढाकावाङमा भएको ट्रान्समिटर पड्केको र सो ट्रान्समिटर सम्बन्धित निकायले राम्रो सङ्ग मर्मत नगरेकोले   पटक-पटक सम्बन्धित निकायलाई जानकारी गराउदा समेत कुनै चासो नदेखाएको र पुरानो ट्रान्समिटरले राम्रो सङ  काम नगरेकोले पूरा गाउँ अन्धकारमा बस्न परेको जनताको गुनासो छ। २०७४ सालको चुनावमा त्यहाँका जनप्रतिनिधिहरुले चुनावमा विजय भएपछि बिधुत प्रसारण सहज बनाउने भनेका थिय । यहि चुनावी नारा बनाइ जनतालाई प्रयोग गरेको जनताको गुनासो छ ।

 जङ्गलको छेउ भनेर चिनिने त्यो ठाउँमा कहिले बाघ, भालु र सर्पको डर रातको समयमा सधैं लाइट डिमको समस्याले त्यहाँ जनता धेरै दुखी छ्न । अहिले पनि त्यहाँका सम्पूर्ण जनताले मासिक रुपमा विधुतको महसुल बुझाइरहेका छ्न ।बुटवल पावर कम्पनीद्वारा संचालित झिमरुक दारिमचौरबाट प्रसारण भएको लाइन अहिले यो अवस्थामा रहेको छ । त्यहाँका जनप्रतिनिधिहरुको ध्यान कहाँ होला? जनताले बारम्बार बिल तिर्नुपर्ने तर जनता सधैं अध्यारोमा बस्नुपर्ने नाजुक दयनीय अवस्था रहेकोछ । 

आखिर २/२ कार्यकाल जनप्रतिनिधि परिवर्तन हुँदा पनि त्यो समस्यामा जनप्रतिनिधिको ध्यान किन गएन? विधुत प्रसारणका कर्मचारीहरु ध्यान नजानु ठुलो शंकाको विषय पनि छ। कतै जनप्रतिनिधिहरुको मिलोमतोमा त्यो भइरहेको त छैन ? समग्र ढाकावाङ बासिन्दाले अहिलेसम्म विधुत प्रसारणको लागि करिब १ करोड बजेट बुझाएको पनि देखिन्छ । त्यहाँका जनताहरुले विधुत पोल ,तार किन्ने र त्यहाँका खाल्डो मर्मत जस्ता सबै कार्य गरेको सबै काममा जनताबाटै पैसा उठाएर बिजुली आएको र त्यहाँ कुनै विधुत प्रसारणले लगानी नलाएको जनताको गुनासो छ । अहिले सम्म त्यहाँका जनताले खल्तीबाट पाँच / सात हजार र दस/ दस हजार उठाइ विधुतको लागि खर्च गरेको रेकर्ड छ । 

अझै  पनि जनता उज्यालोमा बस्न सकेका छैन। यस विषयमा सम्बन्धित निकायको ध्यान कहाँ होला? भुमिकास्थानका नगर प्रमुख र विधुत प्रसारण कार्यालयको ध्यान कहाँ होला? यो विषयमा जनता निराश छन।त्यहाँका जनता कहिले उज्यालोमा बस्न पाउलान् ?

हामी जिल्ला बिधुत कार्यलय सगै भुमिकास्थान नगरपालिका लाई यस सम्बन्धि जनताको समस्यालाई प्राथमिकता दिई तत्काल त्यो स्थानमा बिधुत आपूर्ति सहज गरि जनताको पीर मर्का निबारण गर्न अनुरोध गर्दछौं । यहाँ बसोबास गर्ने जनता पनि जनता हुन इनिहरुलाई पनि हक अधिकार बाट बन्चित राख्नु हुदैन, मात्र भोट लागि प्रयोग गर्नु हुदैन, उनिहरुलाई पनि बिधुत जस्तो आधारभुत आबश्यक्ता को सुनिश्चित गर्नु जिम्मेवार निकायको कर्तव्य हो।

यस बिषयमा समयमै उचित पहल गर्न सबैलाई हार्दिक अपिल छ, एक नागरिक को समस्या अर्को नागरिक को पनि हो यसलाई हामी सबैले बुझ्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्