राजमो केन्द्रीय सदस्य केसीलाई पत्नी शोक

| २०७९ सावन १० गते १७: २८ मा प्रकाशित

टेकराज भुसाल ,अर्घाखाँची।राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा बामपंथी नेता सागर केसीलाई पत्नी शाेक परेको छ। 

राजमो केन्द्रीय सदस्य केसीकी पत्नी  तुल्सादेवी खड्काकाे ६४ वर्षको उमेरमा साउन ९ गते उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।

स्वर्गीय खड्कालाई राष्ट्रिय जनमाेर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपालीले पाटीकाे झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो।

साे क्रममा कार्यकारी अध्यक्ष नेपालीले स्वर्गीय तुल्सादेवी खड्काको असामयिक निधनबाट संगठनलाई अपुरणीय क्षति पुगेको र उहाँले संगठनमा देखाएको निष्ठा, सक्रियताबाट  महत्वपूर्ण पाठ सिक्नुपर्ने भन्दै स्वर्गीय खनालकाे महिला आन्दोलनमा अतुलनीय याेगदान रहेको बताउनुभयो।

स्वर्गीय खड्कालाई श्रद्धाञ्जली व्यक्त गर्ने राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य तथा भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा, राजमाे केन्द्रीय सदस्य यमलाल पोख्रेल, राजमाे अर्घाखाँची जिल्ला सचिव तथा भुमिकास्थान ४ का वडाध्यक्ष बाबुराम पन्थी, राजमाे भुमिकास्थान नगर कमिटी अध्यक्ष टेकराज बहादुर थापा, भुमिकास्थान ३ का वडाध्यक्ष कृष्णप्रसाद बन्जाडे, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव कुलराज खनाल, अखिल (छैठौं) केन्द्रीय सदस्य टेकराज भुसाल लगायत पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयहरुकाे उपस्थिति रहेको थियो।

स्वर्गीय खड्कालाई साउन १४ गते शनिबार सन्धिखर्ककाे गच्छेमा अन्तयेष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्