भुमिकास्थानको माछामारेमा ट्रयाक्टर र मानिस सहित अवैध सालको काठ बरामद

| २०७९ सावन १२ गते १८: ३५ मा प्रकाशित

भुमिकास्थान। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ६ माछामारे मा अवैध सालको काठ ,ट्रयाक्टर र चालक लाई प्रहरीले नियन्त्रणमा लीएको छ। 

हिंजो साँझ अन्दाजी साढे ९ बजेको समयमा गोप्य सूचना प्राप्त भए सँगै जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी खिल्जी बाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा भुमिकास्थान नगरपालिका वार्ड न. ६ बस्ने बर्ष २७ बर्षिय बिनोद परियार ले चलाएको लु.३.त.३९६९ नम्बरको ट्र्याक्टरमा रहेको २५ गोलिया (६६.४८क्यु.फिट) सालको काठ र चालक सहित ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीमा बुझाईएको खबर प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्