अर्घाखाँचीको धनचौरमा भेटिएको वेवारिसे शव प्युठानका स्काभेटर चालकको रहेको पुष्टि

| २०७९ सावन १७ गते २२: ४६ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरमा भेटिएको शव प्युठानका पुरुषको भएको खुलेको छ । 

प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर–४ का २८ वर्षिय कुशल केसी धनचौरको पाकुमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक अमर थापाले जानकारी दिए उनी स्काभेटरमा अपरेटरको थिए यही साउन १५ गतेदेखी उनी सम्पर्क विहिन थिए । 

आज शव भेटिएपछी उनको पहिचान भएको हो । शरिरमा बाहिरी चोट नभएकाले पोस्टमार्टम पछी थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान पनि भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्