वडा अध्यक्ष श्रेष्ठ र यातायात व्यवसायी गैरेको पहलमा मृगौला पिडितलाई आर्थिक सहयोग

| २०७९ सावन २० गते १८: ३१ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ८ का दुवै मृगौला पिडित बिष्णु नेपालीलाई आर्थिक रकम हस्तान्तरण गरिएको छ। 

भुमिकास्थान नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ र समाजसेवी एवं यातायात व्यवसायी रुद्र गैरेको पहलमा संकलित २४ हजार ५ सय रुपैँया आज  मृगौला पिडित नेपालीको घरमै  पुगी भेटेर वडा अध्यक्ष श्रेष्ठ र समाजसेवी गैरेले हस्तान्तरण गरेका हुन्।  

 बिष्णु नेपाली

दुवै मिर्गौला पिडित बिष्णु नेपालीको घरमा आर्थिक अवस्था अत्यन्तै कम्जोर भएको कारणले गर्दा निजको  थप उपचारका लागि सहज र केहि सहयोग होस भन्ने हेतुले वडा अध्यक्ष राजकुमार श्रेष्ठले आज मिर्गौला तथा मुटु पिडित सरोकार समाज नेपालका सदस्य रेख बहादुर गुरुङ संग भेटघाट गरि बाँकी उपचार र आर्थिक बिषयमा गम्भीर छलफल गरेको बताएका छन्। 

दुवै मिर्गौला पिडित बिष्णु नेपालीको घर

साथै नेपाल सरकार तथा स्थानीय तह बाट मिर्गौला पिडितले पाउने उपचार खर्चको लागि सम्पूर्ण कागज पत्रहरु पुरा गरेको र आगामी दिनमा निजलाई प्रत्येक महिना ५ हजार उपलब्ध हुने वडा अध्यक्ष राजकुमार श्रेष्ठले अर्घाखाँची बुलेटिन लाई जानकारी दिएका छन्। 

 

प्रतिक्रिया दिनुहोस्