आगाेमा जलेर गम्भीर घाइते भएका भुमिकास्थानका भाटलाई ५३ हजार ७ सय ५५ रूपैयाँ हस्तान्तरण

| २०७९ सावन २० गते १८: ४० मा प्रकाशित

अर्जुन भुसाल ,सन्धिखर्क। आगाेमा जलेर गम्भीर घाइते भई काठमाडौंकाे किर्तिपुर अस्पतालमा उपचार गराइरहनुभएका अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं. २ ठूलाखर्कका बलबहादुर भाटलाई आर्थिक सहयाेग हस्तान्तरण गरिएकाे छ  ।

 विभिन्न व्यक्ति तथा संस्थाबाट संकलित ५३ हजार ७ सय ५५ रूपैयाँ अस्पताल मै पुगी बिरामीलाई प्रदान गरिएकाे हाे । भाट फागुन १२ गते घरमा पानी तताउने क्रममा आगाेमा  जलेर गम्भीर घाइते हुनुभएकाे हाे । उहाँकाे उपचारकाे लागि हाल सम्म २० लाख भन्दा धेरै खर्च भइसकेको छ । 

अझै एउटा अप्रेसन गर्नुपर्ने छ । करिव ६ महिना अस्पतालमै बस्नुपरेकाेले  डिस्चार्ज हुँदा बेडकाे मात्रै  थुप्रै रकम तिर्नुपर्ने भाइ बिष्णुले बताउनुभयाे । उहाँकाे कम्मर भन्दा माथिकाे सबै भाग जलेकाे थियाे । अहिले धेरै सुधार भएकाे छ । 

सहयाेग गर्ने संस्था तथा व्यक्तिकाे  नाम यस प्रकार छ । 

१)नेकपा एमाले अर्घाखाँची काठमाडौं सम्पर्क मञ्च १४२००

२) प्रेमनारायण गैरे ६१००

३) बाबुराम सापकोटा र गाेमा सापकाेटा चुत्रावेशी ५१५५

४)रेशम थापा ५००० 

५)कमल कुँवर ५०००

६)गाेमा सापकोटा सन्धिखर्क ५०००

७) सुरेन्द्र पाण्डे ५००० 

८)कृष्ण पराजुली २८००

९) श्रीकृष्ण भुसाल २०००

१०) नविन केसी २००० 

११) अर्जुन भुसाल १०००

१२)अशाेक पाैडेल धारापानी ५००

प्रतिक्रिया दिनुहोस्