अर्घाखाँचीमा आफ्नै भाईलाई भीरबाट धकेली भाईको ह'त्या गर्ने ब्यक्ती पक्राउ

| २०७९ कार्तिक ३ गते २१: ५६ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ मा आफ्नै दाईले सहोदर भाईलाई भिर बाट धकेलेर हत्या गरेका छन्। 

भूमिकास्थान नगरपालिका १ ढाकावाङ को साम्ने गाउँ निवासी ७४ बर्षीय हिम बहादुर गमालले सोहि स्थानका आफ्नै सहोदर भाई ७२ वर्षीय वीरबहादुर गमालको खलाधारा भीरबाट धकेलेर हत्या गरेका हुन्। 

यहि गत मिति २०७९ साल कार्तिक २ गते बुधवार भुमिकास्थान नगरपालीका  वडा नं ४ धारापानी स्थित शाईन रेशुङ्गा बैंकबाट बृद्ध भत्ता बुझेर साँझ करिव ७ बजेको समयमा घर फर्किदै गर्दा बाटोमा हिडीरहेको बखत दुई दाजुभाई बिचको लेनदेको बिषयमा सामान्य विवाद भई एक आपसमा धकेला धकेल हुँदा ७४ बर्षीय हिम बहादुर गमालले आफ्ना ७२ वर्षीय वीरबहादुर गमाललाई खलाधारा भिरबाट धकेलेर लडाउँदा मृत्यु भएको भन्ने तथ्य खुल्न आएको प्रहरी श्रोतले जानकारी दिएको छ। 

७४ बर्षीय हिम बहादुर गमाल

हत्याका आरोपी हिम बहादुर गमाललाई तत्काल जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरी अर्घाखाँची जिल्ला अदालतबाट दिन ५ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य अगाडी  बढाईएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ। 

हत्याका आरोपी हिम बहादुर गमाललाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो। 

प्रतिक्रिया दिनुहोस्