अर्घाखाँचीमा २० बर्ष कैद सजाय तोकिएका,कर्तव्य ज्यान मुद्दाका फरार दुई जना अभियुक्त १२ बर्ष पछी पक्राउ

| २०७९ कार्तिक ६ गते १९: ३४ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची।अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर - ९ र १० का कर्तव्य ज्यान मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले १२ बर्ष पछि पक्राउ गरेको छ। 

जिल्लाको भुमिकास्थान नगरपालिका साविकको धनचौर गा.वि.स वडा नं ९ हालको भुमिकास्थान नगरपालीका वडा नं -१० न धनचौर निवासी २८ बर्षिया खुमकला भुसालले  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा दिएको जाहेरी अनुसार धनचौर गा.वि.स. वडा नं . ९ हाल भुमिकास्थान नगरपालिका वडा नम्बर - १०  स्थाई ठेगाना भएका  कर्तव्य ज्यान मुद्दामा फरार रहेका ३६ बर्षिय नारायण बुढा र ४० बर्षिय शालिक बुढालाई अर्घाखाँची र कपिलवस्तु जिल्लाको सिमानामा लुकिछिपि बसीरहेको भन्ने सुचनाको आधारमा प्र.नि. अर्जुन पौडेलको कमाण्डमा खटिएको टोलीले आज पक्राउ गरेको हो। 

 ९ जनाले कर्तव्य गरि मारेको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत अर्घाखाँचीले सबै जना अभियुक्तहरुलाई २०७५ साल असार ३ गते २० बर्षको कैद सजाय फैसला गरेको थियो। २० बर्ष कैद फैसला भए संगै शालिक बुढा र नारायण बुढा फरार रहेका थिए। 

निज अभियुक्तहरुले २०६७ साल माघ २५ गते अन्दाजी ३ बजे दिउँसोको समयमा भुमिकास्थान नगरपालिका वडा नम्बर -९ धन्चौर  प्यारे निवासी ४० बर्षिय दधिराम भूसालको निर्मम ह'त्या गरेका थिए। प्रहरीले फरार रहेको दुई जनालाई १२ बर्ष पछी आज पक्राउ गरि जिल्ला अदालत अर्घाखाँचीमा पेश गरेको बुझिएको छ।  

 

प्रतिक्रिया दिनुहोस्