निर्वाचन जितेपछि धार्मिक,सास्कृतिक र कृषिलाई पर्यटनसंग जोड्नेछौ:भुसाल

निर्वाचन परिचालन समिति धनचौरको संयोजकमा हेमराज भट्टराई चयन

| २०७९ कार्तिक २२ गते १३: २० मा प्रकाशित

गोपालप्रसाद भट्टराई ,अर्घाखाँची ।अर्घाखाँचीमा बामलोकतान्त्रीक गठबन्धनको तर्फबाट प्रदेशसभा ख का उम्मेदवार कमल प्रसाद भुसालले आफुहरुले निर्वाचन जितेपछि धार्मिक,सास्कृतिक र कृषिलाई पर्यटनसंग जोड्ने उदघोष गर्नुभएको छ । 

संयुक्त गठबन्धन अर्घाखाँचीको आयोजनामा भुमिकास्थान-८ को नुवाकोट,९ को ढिकुरा र १० धनचौरका विभिन्न टोलमा भएको प्रचारप्रसार कार्यक्रममा मतदातासंग भोट माग्दै उहाँले यस्तो उदघोष गर्नुभएको हो । 

सन्धिखर्क नगरपालिकाका निवर्तमान मेयर र काङ्ग्रेस नेता समेत रहनु भएका भुसालले जिल्लामा आर्थिक समृद्धिको आधार नै व्यवसायिक कृषि र पर्यटन भएको भन्दै दिगो विकासको निम्ति सास्कृतिक र कृषिलाई व्यवसायिक बनाउने गठबन्धनको योजना भएको बताउनुभएको छ ।

 नेता भुसालले प्राप्त उपलब्धिको रक्षा,समावेशी अधिकार र आर्थिक समृद्धिको कार्यभार गठबन्धनको काँधमा रहेको दाबी गर्दै गठबन्धनले जित्नुको विकल्प नभएको जिकिर गर्दै कुनैपनि प्रलोभनमामा नपरी भोट दिन आग्रह गर्नुभएको छ । विकासको नाममा आएको बजेट दुरुपयोग गरि मतदाता खरिद गर्ने विकृतिका बिरुद्ध जनता सचेत हुनुपर्नेमा उहाँको जोड रहेको छ । 

 कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष गोपाल पौडेल,नेपाली काङ्ग्रेसका नेता हिम्मत टन्डन,भुमिकास्थान नगरसभापति खडानन्द वेल्वासे,माओवादी केन्द्रका नेता टोपबहादुर बलाल,नगर अध्यक्ष नरेन्द्र मुखिया,एकीकृत समाजवादीका नेता योगेन्द्र खड्का सहित गठबन्धनका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो । 

 यसैबीच बामलोकतान्त्रीक गठबन्धन धनचौरको निर्वाचन परिचालन समितिको संयोजकमा हेमराज भट्टराई चयन हुनुभएको छ । भुमिकास्थान-१० धनचौरमा बसेको गठबन्धनको बैठकले काङ्ग्रेस धनचौर सभापति समेत रहनुभएका संयोजक भट्टराईको नेतृत्वमा ९ सदस्यीय निर्वाचन परिचालन मुल समतिको गठन गरेको हो । जसको सदस्यहरुमा शुभबहादुर समाल,कमल उचै,गोपालप्रसाद भट्टराई,धर्मराज भट्टराई,नवीन घ.म.,शिव बहादुर नेपाली,भिमलाल भुसाल र अर्जुन बुढामगर छनौट हुनुभएको छ । बैठकले पुर्ण बहादुर भट्टराई संयोजक रहेको १ सय १ सदस्यीय निर्वाचन प्रचारप्रसार मुल समितिको गठन गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्