चुन ढुङ्गा उत्खननका विरुद्ध रास्टि्य स्वतन्त्र पार्टी अर्घाखाँचीको खवरदारी (प्रेस विज्ञप्ति सहित)

| २०७९ पौष १२ गते १४: २० मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।चुन ढुङ्गा उत्खननका विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची ले खवरदारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका नेता हरि प्रसाद भुसालले जारी गरेको प्रेस विज्ञप्ति पत्रमा पानीका मुहान सुक्ने, वन बिनास हुने र जिल्ला नै सुख्खा बन्न सक्ने कुरा उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति 

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ९ सान्डेवामा रहेको जग्गाबाट केही व्यक्ति तथा जनप्रतिनिधीहरुको मिलेमतोमा अवैध र प्रकृयागत त्रुटीका विच चुनढुंगा उत्खनन गर्न खोजिएका समाचारहरुले हामीलाई आश्चर्यमा पारेको छ ।

खनिज पदार्थको उत्खनन गर्दा पुयाउनुपर्ने विधी र अर्घाखाँची जिल्लाको अधिकतम हितमा हुनेगरी, कसैलाई क्षेती नहुनेगरी खानी संचालन गर्नुपर्नेमा जिल्लाका सरोकारवालाहरुसंग छलफल नै नगरी, खिल्जी असुरकोट, ढिकुरा तथा नुवाकोट क्षेत्रका जनताको पानीको मुख्य स्रोत रहेको र छिर्लिङ्ग खोलामा रहेको सयौं रोपनी खेतहरुको सिंचाईका मुहानहरु रहेको क्षेत्रको परिवेश तथा वस्तुस्थीतीको अध्ययन नै नगरी स्वेच्छाचारी ढंकले खानी संचालनको प्रयास गर्नु सिंगो अर्घाखाँचीको लागि दुखको विषय हो । यस्तो संवेदनशील र गम्भिर विषयमा  हल्का ढंगले अगाडी बढ्नु कुनैपनि हालतमा बान्छनिय हुदैन ।

यसर्थ जिल्लाको हितमा नहुनेगरी, स्थानीय जनतासंग समन्वय नै नगरी, प्रभावित क्षेत्रका जनताहरुको समस्यामा छलफल नै नगरी गरिएको यस प्रकारको प्रयास तत्काल रोक्दै हामी सम्वद्ध क्षेत्रमा अनुरोध गर्दछौं ।

हरिप्रसाद भुसाल
प्रतिनिधी
राष्ट्रिय स्वतन्त्र पार्टी, अर्घाखाँची
मिति : २०७९/०९/१२

प्रतिक्रिया दिनुहोस्