भुमिकास्थानको पानडाँडामा सिङ्गल क्याब दुर्घटना

| २०८० बैशाख १९ गते १६: १५ मा प्रकाशित

राकेश रायमाझी ,अर्घाखाँची। जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर  ७ पान्डाडाँ को बखोरको घुम्टिमा सिङ्गल क्याब दुर्घटना भएको छ। 

घोरखरी बाट नुवाकोट तिर आउँदै गरेको लु.१ च २५९२ नम्बर को सिङ्गल क्याब पान्डाडाँ को बखोरको घुम्टिमा पुग्दा मंगलवार दिउँसो करिब ३ बजे तिर दुर्घटना हुने पुगेको स्थानीयहरुले बताएका छन्। 

स्थानीयका अनुसार सिङ्गल क्याबको एक्कासि ब्रेक फेल हुँदा दुर्घटना हुन पुगेको खबर प्राप्त भएको छ। दुर्घटनामा चालक सामान्य घाइते भएका छन्। सिङ्गल क्याब सडक खण्ड देखि करिब ५० मिटर तल बारीमा खसेको छ। 

प्रतिक्रिया दिनुहोस्