अर्घाखाँचीको भुमिकास्थान मा आगलागी घटनामा संलग्न ४ जना ब्याक्तिहरु सार्वजनिक (भिडियो सहित)

| २०८० जेठ २ गते १२: ३४ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची।  अर्घाखाँचीको भुमिकास्थान-२ ढाकावाङ्गको जोगिथुममा आगलागी घटनामा संलग्न भएकाहरु ४ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। 

आगलागी घटनामा संग्लन आरोपी भुमिकास्थान-२ निवासी ७० बर्षिय देवीराम वेल्वासे, दिनेश थापा,धर्मराज वेल्वासे र दिपक बि.क लाई आज एक पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको हो ।

 जोगिथुममा आगलागी घटनामा संलग्न भएकाहरु ४ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ

उक्त आगलागीमा भुमिकास्थान २ निवासी ३५ बर्षिय पदम बेल्बासे ,७२ बर्षिय पिताम्बर भुसाल, ५२ बर्षिय घनश्याम बेल्बासे र ३६ बर्षिय माधब बेल्बासेको  उपचारको क्रममा मृत्यु भएको थियो।  

घाईते २५ बर्षिय संगिता बेल्बासेको पाल्पा मिशन अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्