अर्घाखाँचीको पोखेडाँडामा आगो लगाउँने महिला पक्राउ

| २०८० जेठ ९ गते २२: ०९ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। भुमिकास्थान नगरपालिका वडा नं. ८ छेडा पोखेडाँडा  स्थित तिलक पाण्डेको खर्यानमा आगो लगाउँने महिला पक्राउ परेकी छन्। 

सोहि नगरपालिकाको छेडा बस्ने ३७ बर्षिया रिता नेपालीले आफ्नो खर्यानमा रहेको काँडामा आगो लगाउने क्रममा आगो अनियन्त्रित भई पोखेडाँडा सामुदायिक बनमा सल्किन पुगेको थियो। 

आगो लगाउँने निज महिलालाई  स्थानिय र प्रहरीको  सहयोगमा खोजतलास गरि  नियन्त्रणमा लिई थप अनुसन्धान एवं आवश्यक कार्वाहीको  लागि डिभिजन बन कार्यालय अर्घाखाँचीमा बुझाईएको  खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्