भुमिकास्थानको धारापानीमा मालबाहक जिप र मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकलमा सबार दुइजना घाइते

| २०८१ जेठ २१ गते २२: १३ मा प्रकाशित

माधव खनाल ,अर्घाखाँची। 
२१ जेष्ठ - अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न ४ धारापानी बजार बाट  सदरमुकाम सन्धिखर्क जाँदै गरेको  (लु ३ च २९९) नम्बरको माल बाहक जिप र सन्धिखर्कबाट भुमिकास्थान नगरपालिका वार्ड न १ गिठाखोला आउदै गरेको (लु ३४ प ४०७६ ) नम्बरको साइन बाहिक भुमिकास्थान नगरपालिका वार्ड ४  धारापानीको मकैडाडाको सुपा देउराली मन्दिर नजिकै एक आपसमा ठोकिदा मोटरसाइकल चालक  भुमिकास्थान नगरपालिका वार्ड न १ गिठाखोला निवासी श्री श्रीजना आधाभुत बिधालयका बिधालय ब्यबस्थापन समिती अध्यक्ष लोकबहादुर राउत र सोही बिधालयका प्रधानध्यापक गोमा घिमिरे  घाइते हुनुभएको छ घाइते  दुबै जनाको खुट्टामा  चोट लागेको छ ।

 भने घाइते  दुबै जनालाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क पठाईयको  त्याहाबाट स्थानीय अजय केसिले बताए  उक्त दुर्घटना के कारणले भएको भनी कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्