यसकारण आउँछ रक्सी पिएपछि अंग्रेजी

| २०७८ असार १५ गते १४: २१ मा प्रकाशित

रक्सी पिएर लठ्ठ परेपछि कोही नाच्न थाल्छन् भने कोही अंग्रेजी बोल्न थाल्छन् । अन्य समयमा खासै नबोल्ने व्यक्तिहरु नशाले लट्ट हुँदा भने अग्रेजीमा सवाल जवाफ पनि दिन पछि पर्दैनन् ।

वास्तवमा यसको पछाडी वैज्ञानिक कारण छ । नशाले आत्मबल बढाउछः जर्नल अफ साइकोफार्माकोलजीमा प्रकाशित भएको अनुसन्धानको रिपोर्ट अनुसार अल्कोहलको केही घुट्को पिउने बित्तिकै मानिसमा आत्मबल बढ्न थाल्छ । र यसक्रममा मानिसहरु ढुक्कले अंग्रेजी भाषामा कुरा गर्न थाल्छन् । जुन कुरा सामान्य समयमा बोल्दैनन् ।

जर्नल अफ साइकोफार्माकोलजीको अनुसार रक्सी पिएपछि मानिसहरुको सम्झने क्षमता र एकाग्रतामा असर पर्छ । यो समयमा केही मानिसहरुको व्यक्तित्व पनि परिर्वतन हुन्छ र उनको आत्मबल तिव्ररुपमा बढ्छ । जुन चीजमा केन्द्रित हुनेपर्ने हो त्यसमा हुँदैनन् र अन्य चीजमा ध्यान दिन्छन् ।

सो समयमा आफ्नो मौलिक भाषा बोल्नुको साथै केही व्यक्तिहरुले काम पनि गर्न सक्छन् भने कसैले सामान्य अवस्थामा रहन पनि सक्दैनन् । नाच्न र गीत गाउँन लाग्दा लड्न पनि सक्छन् । रक्सी स्वास्थ्यको लागि हानिकारक हो । हामीले कसैको सहयता बिना पनि आफ्नो आत्मबल बढाउन सक्छौ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्