अर्घाखाँची जिल्लाको पत्रकारिता, घट्दो विश्वस्नियता: प्रकाश दाई

| २०७८ सावन १४ गते १६: ०२ मा प्रकाशित

प्रकाश दाइ ,अर्घाखाँची। पछिल्लो समय जिल्लाको  पत्रकारितामाथीको विश्वस्नियता कमजोर हुँदै गएको छ ।

खासगरी भर्खरै पत्रकारिता गर्दै गरेका युवाहरु निकै हतारोमा देखिएकाछन् । उनिहरुले,छिटो समाचार दिने र अरुभन्दा पहिलो हुने चाह राख्दा-   समाचारहरु आधा/ अपुरा संप्रेसण गर्दै आएका छन । उनिहरुले अरुले भनेको अरे/ अरे  कुरालाई सजिलै समाचार बनाईदिन्छन् । खोज्ने/   घटनास्थल पुग्ने /  आधिकारिक मान्छेसँग बुझ्ने जस्ता कुराहरु नगरी-कसैले भनेकै भरमा समाचार लेख्ने गर्छन् ।

त्यहाँका बहुसङ्ख्यक पत्रकारहरु कुनै न कुनै संगठन सँग आबद्ध भएकोले,प्राय समाचारहरु बायस हुन्छन् ।यसो हेर्दा,आजकल जिल्लामा पत्रकारिता रहर भएको छ ।  

    यसो भन्दै गर्दा- यस्ता क्रियाकलापमा नया मात्र संलग्न छन भनेको होइन ।   बरु  नयाले पुरानाको सिको गरेका हुन् ।
बेला बेलामा बिबादित बनेको जिल्लाको पत्रकारिता यो अघी 'झोले पत्रकार'  कान्डले नराम्ररी बदानम भएको थियो ।

अरुले लेखेका स्टाटसहरुलाई समाचार बनाएर पोस्ट गर्ने देखी,  अर्कैले खिचेका तस्बिरमा आफ्ना लोगोहरु हालेर जस लिने कार्यलाई तहाँका केहि मिडिया हाउसले खोज पत्रकारिता भन्ने गर्दछन् ।

   हिँजो जिल्ला अस्पतालमा घटेको घटना र तहाँबाट आएका समाचाहरु हेर्दा,
   जिल्लाका धेरै पत्रकारहरु हावाको पछाडी दौडिरहेको कुरा सजिलै थाहा लाग्छ ।
   यस्ता हल्काराहरुको कारणले गर्दा जिल्लाको सिङ्गो पत्रकारितामाथी प्रश्न उठेको छ । 

यसैले,जे पायो त्यो लेखेर समाजमा गलत सुचना प्रबाह गर्ने यि सबैखाले पत्रकारहरुलाई बेलैमा कँसि लगाउनुपर्ने देखिन्छ ।
अन्यथा यसको असर जिल्लामा रहेर अब्बल पत्रकारिता गर्दै आएकाहरुलाई पनि पर्ने जानेछ ।
 र हरेक  समाचारलाई सङ्खाको दृस्टिले हेरिने छ ।

  बेलैमा सजग बनौँ ।  पत्रकारिता क्षत्रलाई बिश्वस्निय बनाउँ ।  खराब तत्वहरुलाई निरुत्साहित गरौँ ।

प्रतिक्रिया दिनुहोस्