धर्तीमा पाइला टेकाउने आमा र संसार चिनाउने बुवा नै भगवान !

| २०७८ भदौ २२ गते १८: ०० मा प्रकाशित

मधुसुधन पाण्डे, अर्घाखाँची । कुशे औंसी लाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ। आमाको मुख हेर्ने दिनमा आमाको संझना गरियो, गुरु पूर्णिमामा गुरुको संझना गरियो भने आजको दिन पिताको सम्मान, संझना अनि विशेष समर्पण गर्ने दिन ।

संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएका सूर्य अस्ताउँने रित छ र यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा , कहिले आमा त कहिले छोरीको भुमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।आफुलाई कर्म दिने तथा संसार चिनाउने बुबालाई विभिन्न स्वादिष्ट परिकार तथा राम्रो पोसाक उपहार प्रदान गरेर मनाईन्छ।

पछिल्लो समय कुशे औशी अर्थात बुबाको मुख हेर्ने दिनले फरक स्वरुप लिएको छ।बर्तमान ञसमयमा सामाजिक सञ्जालको वढ्दो प्रयोगले गर्दा बर्तमान समयमा अरु समयमा माया,ममता र स्नेह नदिने तर दिवसको दिनमात्रै सामाजिक सञ्जालमा पोस्टाउने चलन बढिरहेको छ। बुबाको बारेमा लेख्नको लागी नेपाली शब्दकोश मा त्यती उच्च शब्द छैन कुनै शब्दमा पनि बुबाको माया बर्णन गरेर सकिदैन हजुरको काख अनि साथ भन्दा प्यारो केहि पनि हुन सक्दैन बुबा शब्द आफैमा मुल्यवान छ ।

संसारको भाग्यमानी छोरोमध्ये म पनि एक हु जो संग यति धेरै माया गर्ने अनि यति मिठो साथ दिने मेरो बुबा हुनुहुन्छ । बुबा तपाईंले मलाई त्यो दिन देखि माया गर्न थाल्नुभएको थियो,जुन दिन हजुरलाइ नै थाहा थिएन म कस्तो छु छोरा हो कि छोरी हो भनेर ।

चाहे जुनसुकै धर्म या सम्प्रदायका भएपनि बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौं । र त्यसरी ताते ताते गरेर हिंड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुवा । शायद शब्दले ब्याख्या गर्न सकिन्न, तिनै बुवाहरुको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौं होला । जे होस आमा बुवानै यस जगतका देख्न सकिने भगवानहरु हुन ।

आजका दिन पृथ्वीलोकका सम्पूर्ण पिताहरुलाई स्मृती गर्दै कोटी कोटी नमन गरौँ यति माया गर्ने मान्छे खासमा संसारमै पाउन सकिदैन हजुर त भगवान्को दोस्रो रुप हो । सायद भाग्य लेख्ने हात तपाईंको हातमा भएको भए मलाई दुखको कुनै अनुभुति हुने थिएन होला ।मेरो बुबा सामान्य लेखपढ बाहेक बाहिरी रुपमा पनि अनपढ हुनुहुन्छ । हिजो मलाई केही हुदा तपाईंको आखाबाट झरेका आसुको मुल्य मैले कसरी नै तिर्न सकुंला र ?

यी छोरा छोरी बढ्लान, कमाई गर्लान, दूध र भात देलान मलाई, भनेर हरेक आमा बावुले आफ्ना छोरा छोरीसँग अपेक्षा राखेका हुन्छन, सानामा आफूले थाङ्गना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोरा छोरीहरुले पछि हुर्किएर आफूलाई दूध र भात अर्थात मिठो पोषिलो खानेकुरा देलान, माया गरेर राख्लान भन्ने आशा हुन्छ ।

एउटा सामान्य मानव जीवन आधा राम्रो छोराछोरी बन्ने उत्कट चाहना र आधा राम्रो बुवा-आमा बन्ने अभ्यासमैं बित्छ, कर्तब्यको यो जीवन स्वरुपमा बुवा-आमाको महत्व धेरै हुन्छ । एउटा बच्चाले सफा र फोहोर जान्दैन, लगाएको लूगामै पनि दिशापिशाब गरिदिन्छ र ति सबै फोहोरहरुलाई सफा गर्दै बुवा-आमाले छोराछोरीहरुलाई नुहाइधुवाई पुनः सफा कपडा लगाइदिन्छन् र त्यसरी हुर्केको बच्चाले भविष्यमा ठूलो भएर आफ्ना बुवाआमाको ख्याल राख्दछ, माया दिन्छ अनि सम्मान पनि ।

हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदम्मै सहज र सरल तरिकाले ब्याख्या गरिदिएको छ । हाम्रो मातापिता प्रतिको जिम्मेवारी हामीले वहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन प्रगाढ बनाउँदछ । यस संसारमा आमा र बुबाको ठाउँ कसैले लिन सक्दैन । समय बद्लिन्छ मौसम बद्लिन्छ केही मानिसको सद्भाव बदलिन्छ तर आमा र बुबाको माया ममता र स्नेह कहिले बद्लिदैन सधैंभरि एकनास रहिरहन्छ ।

जब म मा बोलीको विकास भएको थिएन त्यतिबेला म रोएको वा तोतेबोली बुजेर मेरो सबै मनको ईच्छा पूरा गरिदिने मेरो भगवान्लाई सदा सलाम । हरेक धर्ममा आ-आफ्नै चलन छ तर चलन जेसुकै भएपनि बुवाप्रतिको आदर, सत्कार र सामिप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै छ । हामी आफ्ना बुवाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरुका शिवाय अरुकेही पनि हैनौं ।

हामीमा बगेको रगत, अडेको संस्कार र गढेका सपनाहरु हाम्रा मातापिताबाट धेरै नै नजिक हुन्छ, ति सपना र सम्भावनाका प्रदायक, जीवनश्रृष्टिकर्ता चराचर जगतका सम्पूर्ण आदर्श बुवाहरुलाई स्मृती । आमाबुबालाई मैले राखेको छु,पालेको छु होईन, गर्वका साथ भन्नसकु कि म मेरा आमाबुबासँग बस्ने सौभाग्य पाएको छु । आफ्नो सन्तानको लागि दुस्खकष्ट केही नभनी यो संसार देखाउनु भयो हुर्काउनु भयो अनि सधैभरि राम्रो बाटोमा हिडेस् भनेर सम्झाउनु भयो ।

आफ्नो दुस्ख कष्ट सहेर खुसी पार्ने जति ब्याख्या गरे पनि आमाबुबाको महत्त्व कमि नै हुन्छ १ सधैं मुहारमा खुसी देख्न पाउ आज हजुरको मुख हेर्ने दिन यस्तो दिन आजमात्रै होइन सधैं सधैं हजुरको मुख हेरिरहन पाउ सधैंभरि हजुरको माया ममता स्नेह र सद्भाव पाउ कुशेऔसी अथवा बुबाको मुख हेर्ने दिनको शुभकामना । कुशै औंशीका दिन पिताको भौतिक उपस्थिती हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन ।

भौतिक रूपमा अस्त भइसकेका पिताहरुलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न शक्तिपीठ, देवालय जस्तैः गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहाक्षेत्र लगाएयका पवित्र तिर्थस्थल पुगेर स्थान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्दछन् । बढ्दो आधुनिकतासंगै बुवा आमाहरुलाई बृद्धाश्रममा राख्ने, समय र श्रोतका अभावमा हेला गर्ने अनि झर्को फर्को मान्ने चलनहरु बढेर गइरहेको छ ।

तर बुवालाई हेलागर्ने र चित्त नपुर्याउने कर्म जगतलाई पक्कै मान्य छैन, हामी पनि एकदिन

प्रतिक्रिया दिनुहोस्