इतिहास तिम्रो काला कर्तुतहरुकाे: रबि पौडेल

| २०७८ पौष २८ गते १८: ११ मा प्रकाशित

ती काला दिनहरु नबिर्स साथि 
पुर्वमा मेचि लुटिएको ,
ती काला कर्तुतहरु नबिर्स साथि
नेपाली पानी र माटो बेचेकाे !

 पंचेस्वर ,अरुण ,बरुण महाकाली 
मा हामी ठगिएको ,
रास्टघात का काला दिनहरु 
नबिर्स साथि ,बिदेश मा युवा बेचिएको !

लिपु ,कालापानी र लिम्पियाधुरा मा 
गिद्द रमाउछन 
रास्टघाति नेताहरू खुट्टा कमाउछन 
कागज काे नक्सा ले केही हुदैन 
नाेट गर  साथि गद्दार हरु काे !

कम्युनिस्ट काे नामले लम्पसार पुंजिबादिहरु
देश सिक्किम बनाउन सक्छन 
उठ ,रास्टप्रेमिहरु 
जुट देशभक्त हरु ?

 सत्ता ,पैसा र पदमा क्रान्ति बेच्नेहरु
कुर्सी काे स्वादमा रमाउने बेईमानिहरु
काला दिन छाेप्न क्रान्ति माथि गद्दारि गर्नेहरु 
इतिहास तिम्रो  काला कर्तुतहरु काे !

प्रतिक्रिया दिनुहोस्