स्थानिय निर्वाचनमा सहभागी युवा मतदाताहरुलाई खुल्लापत्र

| २०७८ माघ २९ गते १८: १९ मा प्रकाशित

प्रिय/आदरणिय युवा साथीहरु, नमस्ते। 

दुर्गाप्रसाद खनाल।२०७९ बैशाख ३० गते हुनलागेको स्थानीय निर्वाचनको सन्दर्भमा एउटा मतदाताको हैसियतमा केही कुरा राख्ने प्रयास गरेको छु। हामिले आधारभुत रुपमा स्थानिय चुनाबलाई बुझ्नु पर्ने आवस्यक्ता छ। यो सम्सदिय चुनाब जस्तो राज्यको नीति बनाउने चुनाब हैन।

सम्सदिय चुनाबमा पार्टिको सिद्धान्तले प्रमुख भुमिका खेल्छ, राज्यको सिद्दान्त, नीति, नियम कस्तो बनाउने भनेर। उदाहरणका लागि कम्युनिस्ट पार्टीहरुले कम्युनिस्ट्कै सिद्धान्त अनुसारका नितिनियम बनाउने र राज्यलाइ समाजबाद तर्फ उन्मुख गराउने भन्ने। भलै यी कुराहरु नेपालको परिप्रेक्ष्यमा दस्तावेजमा मात्रै सिमित भएका छ्न अथवा केही प्रयासहरु भएका छ्न। त्यसैगरी काङ्रेसको नीति निजीकरणलाई बढावा दिदै प्रतिस्पर्धात्मक बजारमा राज्यले यसको नियमन गर्दै राज्यको सर्बोपरी हित हुने काम गर्ने। यी कुरा पनि गफमा मात्र सिमित भएको या न्यून कार्यान्वयन भए सर्बबिदितै छ। देशमा सिद्धान्त बोकेका पार्टिहरुले आफ्ना स्वार्थ, अज्ञानता र अदुरदृश्टिले देशमा अन्योलता र अस्थिरता भएको कुरा जगजाहेर छ। तर समयक्रम सङै यी पार्टिभित्र एकदमै सानो समुहले नगन्य मात्रामै भएपनी  गरेको सकारत्मक कामको प्रसम्सा गर्नै पर्छ। 

तर  सन्दर्भ स्थानिय चुनाबको भएको कारणले त्यस बारे  केहि कुरा राख्ने कोसिस गर्दै छु।

पार्टिका मुल सिद्धान्तहरु स्थानिय चुनाबमा केही अर्थ राख्दैनन भन्ने  हैन तर तिनको सन्दर्भ न्यून हुन्छ भनेको हो। त्यसोभए स्थानिय निकायको मुख्य जिम्मेवारी के त? 

विभिन्न दलहरुका प्रतिनिधिहरु र कर्मचारीले स्थानिय सरकारको अभ्यास गरे। कानो मामाको काम त यसले गर्यो तर यसले भ्रस्टाचार र मनोमानिको निकृस्ट उदाहरण पनि देखायो। कसैप्रती उत्तरदायी हुनु नपर्ने स्थानीय नेताले राज्यको दोहन गरे, युवामा राज्यप्रती अबिस्वास बढाए।

सारा नेपालीहरुले अहिले एउटा यक्ष प्रश्नको सामना गरिरहेका छ्न। के एउटै प्रकृयाले फरक नतिजा को अपेक्षा गर्न सकिन्छ? बर्षौदेखी असफल भनिएका र असफल ब्यक्तिहरुले अब सफलतातिर लान सक्लान?  लागेको बानी छाड्लान त ?

अब हामी पुस्तैनी रुपमा कुनै एउटा पार्टिको कार्यकर्ता मात्र बन्ने कि अब खास परिबर्तन र शुसाशन को पक्षमा लाग्ने?  आउदो स्थानिय चुनाबमा कोहि नयाँ तथा उर्जाशिल ब्यक्ती कुनै पार्टिबाट उठ्यो भने उस्को पार्टी हेर्ने कि उसको ब्यक्तिगत क्रियाकलाप र अबको योजनाको सम्भावना र कटिबद्धता हेर्ने? चुनाबमा सम्भाबना भएका ब्यक्ती उठे तिनको पार्टी हेर्ने कि नहेर्ने, यो मुख्य कुरा भयो। आधारभुत रुपमै हामिले असल ब्यक्ती रोज्नुपर्ने बाध्यता, आवस्यकता या अवसर छ।

अब सन्धिखर्क नगरपालिकाको बिषयमै कुरा गरौ। 

केही दशकदेखी बागीखोला अतिक्रमण गरेर यसको चरम दुरुपयोग हुँदै आइरहेको छ सन्धिखर्कको नशा हो बागीखोला। त्यस्तै अर्घाखाचिको प्रमुख पर्यटकिय स्थल नरपानी क्षेत्र दशक देखि चुनढुङ्गा उत्खनन गरेर पुरै पर्बत नै दोहन हुँदै आएको छ । नरपानी हाम्रो क्षेत्र जिल्लाको मात्र नभै लुम्बिनी प्रदेशकै मुटु हो।
 श्रोतको हुनसक्ने सदुपयोग को बिरोध हैन तर यसको दोहन कस- कसले गरेका छन कुन तरिकाले मापदण्ड अनुरुप गरेका छन कि छैनन  त्यो अध्ययन गर्न जरुरी छ। राजनितिक दलहरुको आडमा कम्पनी ठेकेदारद्वारा गुण्डागर्दिको प्रयोगले नरपानी वरिपरिको क्षेत्रलाइ मरुभूमिकरण गरिदैछ। 
प्राकृतिक श्रोत एक पुस्ताको पेवा हैन। भोलिको पुस्ताले खंडहर नरपानी देखेर के भन्ला। पहाड उत्खनन हुँदै जादा बोटबिरुवा मासेर डाडा फुस्रै गराउदै  जादा पानीका मुल सुकेपछी अर्को दशक पछि हामी आफै के भनौला। 

स्थानिय सरकार बलियो बन्ने संविधानले ब्यवस्था गरेको छ। अबका जनप्रतिनिधिले कस्तो अडान लेलान, त्यसले नरपानी आसपासका गाउका मानिसहरुको भबिस्य जोडिएको छ।
 
यो अवस्थामा तपाईं आफ्नो बुवाआमाको पार्टिको मान्छेलाई भोट दिनुहुन्छ कि यो विषय बुझेको र इमान्दार ब्यक्तीलाई भोट दिनुहुन्छ? मैले गर्छु त सबैले भन्नेछ्न तर ती आफै श्रोतको दोहनकर्ता या त्यसका मतियार त हैनन त्यो पनि बुझ्न जरुरी छ।

  सन्धिखर्क नगरपालिकाका जगात, किमडाडा, घोचेखोला भद्री खोला आसपासका क्षेत्र त्यसैगरि रुब्दी देखि माटे अनि कबिर रामपथ जस्ता ठाउँ हरु तरकारी उत्पादनको पकेट क्षेत्र मानिन्छन  तर किसानहरुको हालत हामी सबैलाइ थाहा छ। कठिन अवस्था सङ जुधेर उत्पादन गरिएको तरकारीको सावाँ सम्म नउठ्ने अवस्था छ। तर त्यही तरकारिको भाउ ४ घन्टा परको ब्यपारिक शहर बुटवलमा दुई तीन गुना हुन्छ। बिभिन्न क्षेत्रका तरकारी सन्कलन गरेर "सन्धिखर्क तरकारी खरिद बिक्री केन्द्र" खोलेर उता किसानको उत्पादनको उचित मुल्य पाउने ब्यवस्था गर्न पनि त सकिन्छ।  त्यति पनि समायोजन गर्न नसक्नेहरु के हाम्रो प्रतिनिधि बन्न लायक छ्न त? हामिले तिनको पार्टी सङ बढी सरोकार राख्ने कि यि बिषयहरुमा राख्ने। सोच्ने बेला यहि हो।हामिलाइ लाग्न सक्छ के यी सबै काम स्थानिय निकायले गर्ने होत? पक्कैपनी हो। किन कि अहिलेको संविधानले धेरै अधिकारहरु स्थानीय निकायलाई दिएको छ।

अर्को कुरा,

स्थानिय बिधालयको बिषय अर्को पेचिलो बिषय हो। अभिभाबकहरु रातदिन कमाएको पैसा निजि बिलयमा बुझाउन  बाध्य छ्न। अनि गरिबका छोराछोरी पढ्ने सरकारी स्कुल राजनीतिको अखाडा बनेका छन ब्यवस्थापन समितिको नाममा राहत तथा करार शिक्षक नियुक्तिको क्रममा राजनीति हुँदै आएको छ। शिक्षकहरुमा राजनैतिक पार्टिका नेता तथा कार्यकर्ता बढी तथा  शिक्षक कम जस्ता व्यवहार देखिन्छन । शिक्षकको नियुक्ति उसको क्षमताको आधारमा हुदैन तर उसको राजनीतिक संलग्नता तथा पहुचको आधारमा हुन्छ। अब पनि त्यही हो त ? के आगामी चुनाबले यो परिवर्तन गर्ने अवसर दिदैन? अनि हामी म यो पार्टिको त यो पार्टिको भन्दै बस्छौ?

हामीले बितेकापाँच बर्ष स्थानिय निकायका प्रतिनिधिको काम प्रगती देखेर पनि धेरै कुरा भोग्यौ बुझ्यौ।
अबको स्थानिय निर्वाचन पछि ५ बर्षमा कम्तिमा पनि हाम्रो आब्यस्यकता र अपेक्षा के त?

-सुबिधा सम्पन्न एउटा अस्पताल। 
-प्राबिधिक बिध्यालय। 
-उत्कृष्ट खेल मैदान। 
-उद्योगधन्दा खोलेर रोजगारीको सवसर। 
-सबैको घरमा बिजुली र खानेपानीको पहुच। 
-टोलटोलमा सडक निर्माण तथा निर्माण सडकहरुको स्तर वृद्धि। 
-सार्वजनिक स्थलहरुमा सार्वजनिक सौचालय  धारा निर्माण  र त्यसको ब्यबस्थापन।
-गाउँ टोल सुरक्षाकोलागी नगर प्रहरी को ब्यबस्थापन।
- सडक गल्ली चोकहरुको सुन्दरता र सरसफाईँको ब्यबस्थापन -सबबाहन ताथा बारुण यन्त्र एम्बुलेन्सको तिब्र ब्यबस्थापन । 
-विद्यालय कर्मचारीको सेवा सुबिधाको ब्यबस्थापन।
-सुशासन, जवाफदेहिता र पारदर्शिता।
-दीर्घकालीन विकासको अवधारणा र त्यसको कार्यान्वयन।
-कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने।
कर्मचारीहरुलाई योग्यता, क्षमता र इमान्दारीताको आधारमा जिम्मेवारीको ब्यबस्था।
-स्थानिय साधन र श्रोतको उपयोगको नीति र योजको निर्माण र कार्यान्वयन। 
-सेवा प्रवाहको स्तर वृद्धि 
यसमा स्थानिय प्रतिनिधिको कस्तो भुमिका रहन्छ? उहाहरुको यस बिसयमा कस्तो योजना छ? हामिले चयन गर्ने प्रतिनिधिले जनताको पक्षमा कस्तो भुमिका निभाउलान? यस्ता अन्य धेरै बिषयबस्तु छन् जसमा हाम्रा प्रतिनिधिले इमान्दार भएर पक्षमा उभिनु पर्छ र त्यसको लायकलाइ हामीले  बिजयी गराउनु पर्छ।

भोट दिदा यी बिषय बुझेको, प्रतिबद्धता भएको र सकारात्मक काममा पहिले देखि नै सम्लग्न ब्यक्तिहरुलाइ नै मत दिनुपर्ने कर्तब्य र जिम्मेवारी रहन्छ खासगरी युवाहरुलाइ र आम मतदाताहरुलाइ ।

धन्यवाद!
दुर्गाप्रसाद खनाल।
सन्धिखर्क नगरपालिका ११ अर्घाखाँची ।

प्रतिक्रिया दिनुहोस्