अजै पार्टिको नाम र चिन्ह हेर्नुहुन्छ कि विचार,प्रवृति र एजेन्डा ?

| २०७८ माघ २९ गते १८: २८ मा प्रकाशित

देशमा स्थानिय निर्वाचन हुने घोषण संगै यत्र तत्र सर्वत्र रुपमा राजनितिक चलहपहल बढेको छ । आम सर्वशाधारणलाइ चुनावमा खासै चासो राखेको पाउदैन म कोहि भन्छन ‘‘खिया लागेको हसिया हथौडा,ग्रहण लागेको सुर्य,खोक्रो किरा लागेको रुख जुट्ने फुट्ने तर उदेश्य एक देश लुट्ने” बास्तवमै यस्तै भएकोछ देश के खालको राजनिति छ हाम्रो देशमा उदेश्यबिहिन सिद्धान्तबिहिन खालि राजनिति गर्नकै लागि राजनिति कहिलेकाहि त लाग्छ देशको चिन्ता लिनुभन्दा चासो नै नराखेको राम्रो देशको अबश्था बुजेर देखेर दुखित हुन भन्दा कुरै नबुजेको राम्रो तर हाम्रो अबश्था अनि बाह्य देशका नागरिकको अबश्था देख्दा मनमा प्रश्न अउछ के सधै हाम्रो हालत यस्तै हो ? अरु देशले २०-३० बर्षमा गरेको प्रगति र हाम्रो देशको प्रगति हेर्दा बिरक्त लागेर आउछ । 

देशको अबश्था कस्तो छ भने भाइ सडकमा बाइक स्यालि गरेको छ चुनावि प्रचारको लागि जस्को कमाइले भाइ बाइक चढेको छ त्यो  दाइ बिदेशमा पसिना बगाइरहेको छ । ति बुढा बाउ नेताको भाषण सुन्दै तालि पिटिरहेका छन नेताले भनेको हुन्छ “अब रोजगारिकोलागि कोहि नेपालि युवा बिदेशिन पर्दैन “। तर ति बाउको छोरा भने खाडिको तातो घाममा आफ्नो श्रम बेचिरहेको पनि बर्षै भयो । न देशको अबस्था फेरियो न नेताको त्यो अव रोजगारिकालागि बिदेशिन पर्दैन भन्ने भाषण नै फेरियो । फेरि चुनाब आयो तेहि भाषण बारम्बार सुन्न पाइएकै   छ । 

देशको स्थिति देखेर युवाले भन्न थालेका छन “नेपालमा केहि काम पनि भरपर्दो छैन न भबिष्य नै छ । भद्रगोल यस्तो ठाउमा बेसेर केहि गर्छु भन्दा पनि आफ्नो मान्छे पावरमा नभएपार केहि गर्नै दिदैन्न काम गर्ने उत्प्रेरणा पनि छैन त्यसैले बिदेशिन बाध्य छौँ “। हाम्रो जिबन स्थर बाच्नका लागि संघर्ष अर्थात लगाउने खाने भन्दा हाम्रो जिबन माथि उठ्न सकेको छैन । आखिर यस्तै कहिले सम्म  ? 

देशमा भएको राजनितिक परिबर्तनले राज्यका संरचनात्मक रुपमा परिवर्तन नगरि नेताको जिवनशैलिमा मात्र परिवर्तन गर्ये जनचाहना सम्बोधन गर्नु त परको कुरा भयो । बास्तबिक कृषक यहा कता छन थाहा हुदैन तर झोलामा कृषि फम भएकाले सरकारि अनुदान र बैकको सहुलियत Cण लिएका छन । 
देशको ब्याबस्था फेरिएपनि पञ्च्यातकालिन सोचकै ब्याक्ति पटक पटक सत्तामा पुगे राजनितिक नारा फेरिय तर कार्यशैलि फेरियन सिसा नया तर रक्सि पुरानै भयो । नेताले जनतालाइ हेर्ने नजर उस्तै बर्तमान पुराना दल काङग्रेस,एमाले,माओबादि ,राप्रपा कसैमा नविन र जनचाहना सम्बोधन गर्न सक्ने स्पष्ठ योजना छैन । गफ र भाषणमा त छ तर ब्यबहारमा त तपाइ हामिले देखिसकेका छौ नि हैनर ।

म आफु बेकल्पिक राजनितिमा बिश्वास गर्ने भएर होला देशको निकाश म कम्युनिष्ट र काङग्रेस बाट हुने सम्भावना देख्दैन । इतियास बचाएर खाने अनि भन्ने हाम्रो गौरभमय पार्टि महान बिपि कोइराला , मदन भण्डारि भनेको छ जनतालाइ भ्रममा पारेर भोट लिएको छ फेरि तपाइ हामि इनैलाइ भोट दिने त ? केपि युगको एमाले ,शेरबहादुर युगको काङग्रेसको मुल्याङकन हामि मनमोहन,मदन भण्डारि अनि बिपि कोइरालाको पालामाका एमाले काङग्रेस संग गरेर हुन्छ ? त्यो त भ्रम मात्र हुन्छ । इतियासको गौरभ र समाजमा स्थिर मतदाताले गर्दा नै इ पार्टि अडिएका छन । 

अब तपाइ हामि नाम र चिन्ह हेर्ने हैन बिचार प्रबृति र एजेन्डा हेरेर मतदान गरौ न देश परिवर्तन त तेसरि पो सम्भब छ त । बिचार सिद्धान्त एजेन्डा र घटनाक्रमो बिश्लेषण र संश्लेषणबाट निर्णय लिउ न अब 

यो देशको बर्तमान हालत बनाउने जिम्मेबार दल काङग्रेस एमाले र माओबादि हुन यसमा कुनै शंका छ र ? तर पनि किन बारम्बार इनैलाइ चुन्ने अब चुन्दा बिचार गर्नुहोस त एक पटक एमालेले चाहेको भए काङग्रेसका गलत कामको बिरोध गर्दै अलग धार स्थापना गर्न सक्थ्यो तर काङग्रेस पछि जन्मिएको एमाले पनि काङग्रेसले जे गर्यौ त्यसैको फलो गर्यै । गलत काम गर्न प्रतिसप्रधा चल्यो त्यसपछि जन्मिएको माओबादि पनि आफ्नो धार फालेर उनैको पछि लागेर देश रित्याउनमा लाग्यो । इतियासको कुनै कालखण्मा यिनिहरुले राम्रो काम गरे तर त्यसको ब्याज सधै खान दिन त भएन नि काङग्रेस र कम्युनिष्टहरु आ आफ्नो मुद्दामा इमान्दारिका साथ लागेका भए र समय अनुसार प्रगतिशिल बनाएर देश बिकास गर्दै गएको भए सायत तपाइ हाम्रो जिबन स्थर आज यस्तो हुने थिएन र नया पार्टि पनि जन्मने थिएन्न होला देशमा । अब भोट हाल्दा प्रश्न गर्नुहोस त तपाइको मत फेरि तिनैलाइ किन ? 

समाजको गुण निरन्तर परिवर्ननिय भएके हुनाले कुनै एउटा कालखण्डमा कोहि कसैले योगदानज गर्दैमा त्यस उप्रान्त केहि गर्नै नपर्ने र ब्याज खाएर बस्र मात्र हुन्छ र ? हुन्छ भने त म केहि भन्दैन हुदैन भने फेरि तिनै लाइ भोट किन दिने । 

अब कुरा आउला भोट कस्लाइ दिने त ?तपाइ हामिले जस्ले नया मुद्दा र एजेन्डा उठाएका छन उस्लाइ भोट दिने प्रतक्ष,सहभागितामुलक समानुपातिक ,समावेशि,सभ्य र संस्कृत लोकतन्त्रको आकांक्षा लाइ भोट दिने । राष्ट्रिय समुदायहरूको समावेशिता, सीमान्तकृत समुदायहरूको सहभागिता, सशक्तीकरण र आरक्षण, सकारात्मक विभेद र सामाजिक न्यायको आकांक्षि पार्टि लाइ भोट दिने  । संविधानको संशोधन वा पुनर्लेखन, प्रदेशको पुनः सिमाङ्कन, वित्तीय संघीयताको माग गर्नेलाइ भोट दिने  । प्रत्यक्ष निर्वाचित शासकीय स्वरूप र समानुपातिक निर्वाचन प्रणालीको माग गर्नेलाइ भोट दिने । पहिचान र अधिकारको सुनिश्चितता र बहुभाषिक नीतिको अभ्यास गर्न खोज्नेलाइ भोट दिने । तीव्र आर्थिक वृद्धि, पर्याप्त भौतिक पूर्वाधार, दिगो विकास, समन्यायिक वितरण र समतामूलक समृद्धिको स्पष्ठ भिजन भएकालाइ भोट दिने  । सिर्जनशिल जनशक्तिलाइ मौका दिइ देशलाइ सिर्जनाले सिँगार्नेलाइ भोट दिने । प्रबिधि तथा इन्टर्नेटका बिज्ञलाइ उपयोग गरि देशको केहि महत्वपुर्ण क्षेत्रमा प्रबिधियुक्त समाज निर्माण गर्ने सक्ने लाइ भोट दिने । शिक्षा र स्वास्थमा भएको निजिकरण अन्त्य गर्नेलाइ भोट दिने ।

 ब्युरोक्रेसिको पुनर्सरचना गरि दलिय ट्रेड युनियन खारेज गर्छु भन्नेलाइ भोट दिने  संक्षेपमा सहभागितामूलक लोकतन्त्र, समावेशिता, सुशासन र समृद्धिको स्पष्ठ खाका कोर्न सक्नेलाइ भोट दिने । अब तपाइ हामिले आखा खोल्ने बेला आयो पार्टी भनेको साधन हो देश जोगाउने र विकाश गर्ने साध्य होइन। पार्टी हाम्रो धर्म पनि होइन जुन परिवर्तन गर्न हजार पटक सोच्न परोस्। बारम्बार नराम्रो गरेर प्रमाण पत्र झुन्ड्याई सकेकालाई फेरि पनि विश्वाश गर्नुभन्दा बरू सानै किन नहोस नयाँलाई मौका दिएर हेर्नु बुद्दिमानी होला कि!

रमेश खनाल 'युगिन'

प्रतिक्रिया दिनुहोस्