११२ औं महिला दिवसले बिद्रोहि चेतना भर्न सक्नुपर्छ: तिर्सना गोदार

| २०७८ फागुन २४ गते १५: ०० मा प्रकाशित

मार्च ८ क्लारा जेटकिनले सन १९१० मा आरम्भ गरेको आज ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस संसार भरका श्रमजीवी महिलाहरूको हित र न्यायका लागि समानता र समताका आवाजहरु बुलन्द पारिने दिन।

 तर नेपालको सन्दर्भमा सडकमा र्याली र हलहरुमा घाँटी सुकुन्जेल चिच्याउने दिन। वास्तमा नेपालमा महिलाबादी आन्दोलनको इतिहास छोटो छ। योगमाया लगाएत कैयौं सवालहरु बाहेक संगठित आन्दोलनको उठान माओवादी आन्दोलन बाट भएको हो। विभिन्न पार्टीहरुले महिला संगठन बनाएपनी ती औचित्य हिन ,पुरुष क्याडरका दास र पुरुषसत्ताका सेवक मात्रै बने। NGO/ INGO लगाएत केही सामाजिक क्षेत्रबाट भएका प्रयास शिक्षाको पहुँच र सामाजिक रुपान्तरणको अभियानमा केही सकारात्मक परिबर्तन भएका छ्न केही अधिकार आएका छ। त्यसबाट नेपाली समाज अर्थात पुरुषसत्ता खुसी छैन। आजपनी समाजमा नारी अधिकारलाई सत्ता खोसिएको रिसमा  स्वतन्त्रतालाई अपब्याख्या गर्ने , ट्रोल गर्ने , महिलालाई महिलाको विरुद्ध प्रयोग गर्ने र चरीत्रलाई इज्जत इकोनमी बनाउने काम भैरहेको छ। 

युरोपिएन र अमेरिकी मुलुकको नारिबादी आन्दोलन र नेपालको आन्दोलनमा धेरै फरक छ। मुलत नेपाको नारिबादी आन्दोलनलाई जात , धर्म र बर्ग(cast,class,religion and ethnic )  क्षेत्रबाट बुझ्नुपर्छ। केही गम्भीर प्रश्नहरुको उत्तरखोज्ने हैसियत निर्माण गरि पुरुषसत्ताबादी चिन्तन ध्वस्त पार्न  सकिने चेतनाको बम बनाउनु आजको आवश्यकता हो।

१) के आज नेपाली श्रमिक महिलाहरु आजको दिबस बारे     जानकार छ्न? इट्टा भट्टी, रेस्टुरेन्टका भाँडा माझ्ने ठाउँ , मेलापात अर्थात लक्षित महिलाहरूमा महिला दिवस खोइ?
२) पुँजीपति महिला बर्गको हातबाट आन्दोलन खोस्नुपर्छ।आजपनी उच्च हैसियतका महिलाले यसको गलत प्रयोग गरिराखेका छ्न। पद र प्रतिस्ठाका लागि करोडौंको गाडी चढेर लाखौंका गहना भिरेर हिडने पुरुषसत्ताका दास महिलाहरूले भारी बोक्ने महिलाका एजेन्डा बोक्न सक्छ्न?
३) मानसिक र भौतिक हिसाबले स्वतन्त्रता कहाँ छ। परिवारमा नै छोरिको इज्जतलाई सम्पती अर्थात इज्जत इकोनमी बनाउने कस्तो चलन हो? सामन्य देखि भयानक हिंसालाई पैसा सँग र समाज सँग दाँजेर चरीत्रको गलत ब्याख्या हुनु गलत छ। 
 ४)डिसिजन मेकिङ पावर खोइ?छोरी पढाएकै कारण , राम्रो खान लगाउन दिएकै कारण भौतिक सुबिधा दिएर 
 आफ्ना ब्याक्तिगत इक्छा आकांक्षाहरु ब्याक्त गर्न नपाईने निर्णय गर्न नपाईने ती सबैकुरा सहिद बनाउनु पर्ने? छोरिको इज्जत इकोनमीको डेफिनेसन के सहि छ?
५) भिक्टिममा परेपछि आज आफुमाथी भएको अपराध सजिलो सँग ब्याक्त गर्न नपाईने ? पुलिस , प्रसासन, न्यायलय र सामाजिक क्षेत्रका अपराधीहरुले चरीत्रमाथी प्रश्न तेर्साउदै डबल भिक्टिममा पार्ने? आजको पुलिस , न्यायलय र सबै निकाय महिलाकालागि ठिक छैनन । इ सबै संरचना धोस्त पारेर पुनर्निर्माण गर्नुपर्छ।
६) रोजगारको क्षेत्रमा समान ज्याला खोइ?किचन देखि कार्यक्षेत्र सम्म महिलाको श्रम पसिनाको शोषणबाट हुर्किएको पुरुष सत्ताका जात , धर्म र बर्गले छोपिएका पर्दाहरु च्यातिनुपर्छ।

७) महिलाले महिलामाथी गर्ने विभेद निकै भयानक छ।पुरुषसत्ताले सजिलै त्यसको उपयोग गरिरहेको छ। आफ्नै साथीहरू आफन्तहरुको कुरा काटेर 

चरीत्रहत्या गरेर दिन बिताउने अनि पुरुषका दास बनेर सेवा गर्ने महिलाबाट महिला मुक्ती हुँदैन।
यो बाहेक हजारौं प्रश्नहरु आजको दिबसले जन्माएको छ।के ती तमाम प्रश्नको उत्तर दिने हैसियत आजको समाज सँग छ?
 तर बच्चा जन्माउने हुर्काउने सामाजिक जिम्मेवारी बहन गर्ने परिवार समाजमा महिला भएकै कारण प्रकृतीले दिएका जिम्मेवारीलाई महिलाबाद सँग जोडनु गलत हुन्छ। पुरुषजस्तैः बन्नु समानता समता होइन। महिला हुनुमा हिनताबोध होइन गौरब गर्न सक्नुपर्छ । महिला हुनुको विशिष्ट पहिचान लाई अब्बल राख्नुपर्छ। पुरुषजस्तै भएमा मात्रै जस्तै रक्सी खाएमा , गाँजा खाएमा र अपराधी कर्म गरेमा महिला मुक्ती हुन्छ भन्नू मुर्खता हो।आजको महिला आन्दोलनको जग बलियो बनाउन सहि सिद्धान्त र बिचारको बलबाट चेतनाको बम निर्माण गरेर पुरुषसत्तामाथी बिस्फोट र बिद्रोह गर्ने बाटोमा हाम्रो पुस्ताले काम गर्नुपर्छ ।सबै श्रमिक महिला दिदिबहिनीहरुमा आजको ११२ औं नारी दिबसको शुभकामना।।
             
लेखक: एम ए समाजशास्त्र र सामाजिक कार्यकर्ता हुन्।

प्रतिक्रिया दिनुहोस्