साउन मैना व्रत बस्ने महिलाहरुको कमि छैन । कति स्वइच्छाले त कति बाध्यताले पनि बसेका छौँ होला । साउनमा मात्र हैन भगवानको नाउँमा विभिन्न बारहरु र अरु चाडबाडमा पनि हामी महिला पुरुष, युवा युवती व्रत बस्छौँ । यी ब्रतको पुण्य भगवानबाट मिल्ला नै निश्चित रुपमा । तर हामी अझै धेरै पुण्यको काम गरौँ । देशका हरेक वार्डहरुमा अन्न बैँकको स्थापना गरौँ ।
जति छाक वा जति दिन व्रत बस्छौं त्यो बराबरको बचत अन्न, तेल, दाल,तरकारी अन्न बैंकमा जम्मा गरौँ । अन्न, दाल, तरकारी नै वा त्यो बराबरको नगद । जुन बचतबाट अति गरिब बिपन्न बर्गको भरणपोषण गर्नु सकियोस् । दैबि प्रकोपहरुमा प्रभावित क्षेत्रमा तुरुन्तै सहयोग गर्नु सकियोस् । बचेको दाल,अनाज लामो समय राख्दा बिग्रिन सक्छ बेचेर राहत कोसको निर्माण गरौँ ।
प्रतिक्रिया दिनुहोस्