गद्य कविता: चीत्कार "रेनुका मरासिनी"

| २०७९ फागुन १५ गते १६: ४३ मा प्रकाशित

मेरो आर्थिक  अभावमा च्यात्तिएको कपडा 
आमाले टालटुल गर्दागर्दै  फाटिएको अभाव 
मेरो बाबुले   सङ्घर्ष गर्दागर्दै देखिएको बाध्यता 
यसरी सामाजिक संजालमा भाइरल बनाइयो।

कैयन कलम मेरो तस्बिरमा चले
 कबिले कवित्व पायो 
लेखकले  बिसयबस्तु पायो
कयौ रचनाले पुरस्कार पाए
दयालुले भाव प्रकट गरे
धनिको नजरमा  बिचरा भएँ
समाजसेवीको लागि कठैबरा!भएँ
नरपिचासको लागि भोलिको सुबासिनी भएँ।

अपसोच
 म एउटा बढ्दै ,हुर्कदै गरेको  देशको नाबालिका हुँ
म ,मा पनि रहर छ।
भबिस्य छ
सुन्दर सपना छ।
अबसर पाएमा  खोज अनुसन्धान गर्न सक्ने दिमाग छ।

देशलाई हाक्न सक्ने शक्ति ,
बिश्वलाई हल्लाउँ सक्ने नेतृत्व 
बिचार र सिद्धान्तका  सूत्रबद्ध गर्ने सामर्थ्य छ।
तर
मेरा  बाबुआमा  राज्यको नागरिक कहिल्यै भएनन् ।
म उनीहरुको कोखबाट जन्मिएको बालिका कहिल्यै भइन।

किनभने ,
म यो देशको नागरिकको छोरी हुँ भने,
खै मेरो बालअधिकार ?
खै मेरो सुरक्षीत बाल  संरक्षणको अधिकार ?
सामाजिक संजालमा गरिएको  सामाजिक अपहेलना विरुद्ध पाउने अधिकार ?
यसरी मेरो अभावमा गुज्रिएको अबस्थालाई 
 पटकपटक  सामाजिक संजालमा  भाइरल बनाएर 
मेरा गरिब अभिभावकको बाध्यताको मानसिकताबाट 
मेरो चरीत्र हत्या गरियो।

तर 
मेरा अधिकारका बिसयमा कसैको ध्यानाकर्षण भएन
मेरो तस्वीर यसरी सामाजिक संजालमा
भाइरल  भइरहेकै  छ।

भोलि,
यो तस्वीरले मेरो भबिस्य कता लैजान्छ?
मेरा अभिभावकको मनस्थितिमा के प्रभाव पर्छ?
हजुरहरुको  त प्रतियोगिता हो
अनि मेरो भबिस्य?

रेनुका मरासिनी अर्घाखाँची ✍️

प्रतिक्रिया दिनुहोस्