विनिमय दर : अमेरिकी र चिनियाँ मुद्रा नेपालमा झन् कमजोर

| २०७८ असोज ३ गते ११: १८ मा प्रकाशित

आर्थिक महाशक्ति राष्ट्रहरू अमेरिका र चीनको मुद्रा नेपालमा थप कमजोर भएको छ । गत शुक्रबार नेपालमा एक अमेरिकी डलरको ११७ रुपैयाँ ३३ पैसा र बिक्री दर ११७ रुपैयाँ ९३ पैसा थियो । आज यो सो मुद्राको खरिददर ११७ रुपैयाँ २७ पैसा र बिक्री दर ११७ रुपैयाँ ८७ पैसा कायम भएको छ । 

नेपाल राष्ट्र बैंकले आज चिनियाँ मुद्रा युआनको विनिमय दर पनि घटेको जानकारी दिएको छ । शुक्रबार नेपाली मुद्रासँग प्रति युआन खरिद दर १८ रुपैयाँ २० पैसा र बिक्री दर १८ रुपैयाँ ३० पैसा तोकिएको छ । आज भने नेपालमा सो मुद्राको खरिद दर १८ रुपैयाँ १७ पैसा र १८ रुपैयाँ २६ पैसा कायम भएको छ । 

यूरोपेली मुद्रा यूरोको खरिद दर १३८ रुपैयाँ १८ पैसा र बिक्री दर १३८ रुपैयाँ ८९ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङको खरिद दर १६१ रुपैयाँ ६६ पैसा र बिक्री दर १६२ रुपैयाँ ४९ पैसा तोकिएको छ ।  केन्द्रीय बैंकका अनुसार आज नेपालमा क्यानडेली डलर एकको खरिद दर ९२ रुपैयाँ ६४ पैसा र बिक्री दर ९३ रुपैयाँ १२ पैसा, सिंगापुर डलरको खरिद दर ८७ रुपैयाँ १३ पैसा र बिक्री दर ८७ रुपैयाँ ५८ पैसा तथा साउदी अरेबियन रियालको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्री दर ३१ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । 

यस्तै, कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ २१ पैसा र बिक्री दर ३२ रुपैयाँ ३७ पैसा, यूएई दिरामको खरिद दर ३१ रुपैयाँ ९३ पैसा र बिक्री दर ३२ रुपैयाँ नौ पैसा, मलेसियन रिंगिटको खरिद दर २८ रुपैयाँ ११ पैसा र बिक्री दर २८ रुपैयाँ २६ पैसा तोकिएको छ । 

दक्षिण कोरियन वनको १०० को खरिद दर नौ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ एक पैसा तथा हङकङ डलर एकको खरिद दर १५ रुपैयाँ सात पैसा र बिक्री दर १५ रुपैयाँ १४ पैसा कायम गरिएको छ । 

नेपालमा आज कुबेती दिनार साट्नेले सबैभन्दा धेरै रुपैयाँ पाउनेछन् । सो मुद्राको खरिद दर ३८९ रुपैयाँ ७३ पैसा र बिक्री दर ३९१ रुपैयाँ ७२ पैसा तोकिएको छ । यस्तै, विनियम दरका हिसाबले दोस्रो स्थानमा रहेको बहराइन दिनारको खरिद दर ३११ रुपैयाँ १३ पैसा र ३१२ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ । 

Rato Pati

प्रतिक्रिया दिनुहोस्