प्रेमनारायण आचार्य,सन्धिखर्क। अर्घाखाँचीको छत्रदेव गाउँँपालिकाकाले सबै वार्डका विपन्न घरधुरीलाई उज्यालो अभियानमा समावेश गर्ने कार्यक्रम अन्तर्गत जनजाती परिवारले सोलार वत्ती वितरण गरेको छ ।
छ्त्रदेव गाउँपालिका ५ को टुनिचौरमा आज करिब २० घर जनजाति समूहमा पर्ने कुमाल बस्तीमा ८० वाट क्षमता भएका सोलार बत्ति वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए ।
वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सन्चालित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्