अर्घाखाँचीको छत्रदेबमा अवैध रुपमा वालुवा उत्खनन गर्ने ट्याक्टर पक्राउ

| २०७८ भदौ ७ गते १७: ५१ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. ४ स्थित स्यारी खोलामा अवैध रुपमा वालुवा उत्खनन  गर्ने ट्याक्टरलाइ आज नेपाल प्रहरीले नियन्त्रणमा लीएको छ। 

लु.४ त.२०२८ नम्बरको ट्याक्टरले  अवैध रुपमा वालुवा उत्खनन गरी रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची बाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई छत्रदेव गाउँपालिकाको कार्यालयमा बुझाएको थियो। 

गाउँपालिकाले रु.५,०००(.पाँच हजार ) राजश्व जरीवाना गरेको खबर प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्